Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारटीएमएसमा ‘आईएमई–पे’बाट ‘लोड कोलेटरल स्मार्ट वेल्थ प्रो सब्स्क्रिप्सन’मा ३५ प्रतिशत छुट

टीएमएसमा ‘आईएमई–पे’बाट ‘लोड कोलेटरल स्मार्ट वेल्थ प्रो सब्स्क्रिप्सन’मा ३५ प्रतिशत छुट


काठमाडौं । आईएमई–पे र सोर्स कोड प्रालिबीच आईएमई–पेका ग्राहकलाई स्मार्ट वेल्थ प्रो सब्स्क्रिप्सनमा ३५ प्रतिशतसम्म छुट दिने सम्झौता भएको छ । आईएमई–पेका प्रमुख व्यापार अधिकृत प्रमोदमान सिंह बस्नेतले आईएमई–पेबाट टीएमएसमा लोड कोलेटरल र ब्रोकर फन्ड सेटलमेन्ट गर्दा आईएमई–पेका ग्राहकहरूले स्मार्ट वेल्थ प्रोको विभिन्न सब्स्क्रिप्सन प्याकेजमा ३५ प्रतिशत छुट पाउने बताएका हुन् ।

डिस्काउन्न्ट कोड ग्राहकले आफ्नो ब्रोकर टीएमएसमा आईएमई–पे छनोट गरी लोड कोलेटरल र ब्रोकर फन्ड सेटलमेन्ट गरेको भोलिपल्ट आफ्नो मोबाइलमा मेसेजमार्फत पाउनेछन् । उनले आईएमई–पेका ग्राहकहरूलाई यस छुटको भरपुर सदुपयोग गर्न पनि आग्रह गरेका छन् । आईएमई–पेको बारेमा नेपालको पहिलो भुक्तानी सेवा प्रदायक आईएमई डिजिटल सोलुसन लिमिटेडद्वारा प्रवद्र्धित आईएमई–पे मोबाइल वालेट एप एक विद्युतीय भुक्तानी सेवा प्रदायक हो । आईएमई–पे आईएमई ग्रुपअन्तर्गतको डिजिटल वित्तीय सेवा प्रदायकअन्तर्गतको एक उत्पादन हो । नेपाल राष्ट्र बैंकको भुक्तानी तथा फछ्र्याैट विनियमावली– २०७२ बमोजिम आईएमई डिजिटलले दूरसञ्चार सञ्जालको माध्यमबाट मोबाइल वालेट सेवा प्रदान गर्ने पहिलो कम्पनी हो ।

आईएमई–पे मोबाइल वालेटमार्फत सेवाग्राही आफैँले अथवा एजेन्टहरूमार्फत विभिन्न किसिमको भुक्तानी कार्यहरू गर्न सक्नेछन् । यसले व्यक्ति–व्यक्तिबीचमा हुने सामान्य रकम ट्रान्सफर गर्ने सुविधादेखि लिएर विभिन्न अनलाइन तथा स्थलगत स्टोरहरूमा क्यूआर स्क्यान गरी भुक्तान गर्ने, मोबाइल रिचार्ज गर्ने र विभिन्न घरायसी तथा कार्यालयका बिलहरू भुक्तान गर्न मिल्ने सेवा प्रदान गर्दै आइरहेको छ । यस मोबाइल वालेटमा ब्याज तथा विभिन्न क्यासब्याकहरूको पनि सुविधा उपलब्ध छ । आईएमई डिजिटल सोलुसन लिमिटेडले बैंकको सुविधाबाट वञ्चित नेपाली तथा न्यून बैंकिङ सुविधा प्राप्त सम्पूर्ण सर्वसाधारण जनतालाई वित्तीय सेवाहरूको पहुँच उपलब्ध गराएर नेपालको वित्तीय समावेशीकरणमा योगदान पु¥याउने लक्ष्य लिएको छ । २० लाखभन्दा बढी ग्राहकहरूलाई सिधै मोबाइल वालेट एप तथा एजेन्टहरूमार्फत आईएमई–पेले विद्युतीय भुक्तानी सेवा प्रदान गर्न सफल छ ।

स्मार्ट वेल्थ प्रोको बारेमा  स्मार्ट वेल्थ प्रो सेयर बजार विश्लेषन गर्ने र आफ्नो सेयर पोर्टफोलियो व्यवस्थापन गर्ने सफ्टवेयर हो । स्मार्ट वेल्थ प्रो सबै लगनीकर्ताहरूको लागि एकदम नै उपयोगी हुन्छ । लगनीकर्ताहरूले सेयर बजारका सबै जानकारी यहाँ पाउन सक्नेछन् । लगानीकर्ताहरूले यस सफ्टवेयरमार्फत नेपाल स्टक एक्स्चेन्जमा सूचीकृत सबै कम्पनीहरूको आधारभूत तथा प्राविधिक विश्लेषण गरेर लगानी गर्नको लागि सबैभन्दा उपयुक्त प्लान रोज्न सक्नेछन् । स्मार्ट वेल्थ प्रोले हरेक साता एउटा न्युजलेटर निकाल्ने गर्छ जसमा साता भरीको नेप्सेको विश्लेषण गरिएको हुन्छ ।

साथै कुनै पनि कम्पनीको आधारभूत तथा प्राविधिक विश्लेषण पनि गरिएको हुन्छ । स्मार्ट वेल्थ प्रोले बेलाबेला सेयर तालिम पनि दिने गर्दछ । नयाँ लगानीकर्ताहरूलाई सेयर बजारमा कसरी लगानी गर्ने, कुन सेयर किन्ने, कसरी आफ्नो पोर्टफोलियो व्यवस्थापन गर्ने भनेर सिकाउने गर्दछ । यस्तो तालिममा स्मार्ट वेल्थ प्रोका ग्राहकहरूलाई विशेष छुट पनि छ ।


क्याटेगोरी : बैंक बित्त बजार

तपाईको प्रतिक्रिया