Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारप्रोग्रेसिभ फाइनान्सको ‘संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम’

प्रोग्रेसिभ फाइनान्सको ‘संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम’


काठमाडौं । प्रोग्रेसिभ फाइनान्स लिमिटेडले यही असोज आठ गते शनिबारका दिन आफ्ना सम्पूर्ण १७ वटै शाखा कार्यालय क्षेत्रवरपर रहेका सांस्कृतिक र धार्मिक स्थलहरूमा सरसफाइ कार्यक्रम आयोजना गरेको जनाएको छ ।

उक्त अवसरमा फाइनान्सको तीनकुने शाखाबाट कोटेश्वर महादेवस्थान परिसरमा सरसफाइका साथै फोहोर संकलन गर्ने सामग्री र अन्य सरसफाइ सामग्रीहरू कोटेश्वर महादेव मन्दिर व्यवस्थापन समितिलाई हस्तान्तरण गरिएको छ । त्यसैगरी हेटौंडा शाखाले पशुपति मन्दिर परिसर, पुल्चोक शाखाले शाखा रहेको क्षेत्रवरिपरि, सबै शाखाले बजार क्षेत्रमा अवस्थित दुर्गा मन्दिर परिसर, पाटन सुन्धारा शाखाले त्वायाबहा मन्दिर परिसरलगायत अन्य शाखा कार्यालयहरूले स्थानीय धार्मिक तथा सांस्कृतिक सम्पदाहरूको सरसफाइ कार्यक्रम सम्पन्न गरेको छ ।

सो अवसरमा फाइनान्सका प्रमुख कार्यकारी अधिकृत विशाल हुमागाँईले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत गरिएका यस्तो कार्यक्रमको मुख्य उद्देश्य सरसफाइसम्बन्धी जनचेतना फैलाउनु तथा हाम्रा धार्मिक तथा सांस्कृतिक धरोहरहरूको जगेर्ना गर्नु नै रहेको विचार व्यक्त गरेका छन् । फाइनान्सले १७ वटा शाखा कार्यालय तथा चारवटा विस्तारित काउन्टरहरूमार्फत वित्तीय सेवा उपलब्ध गराइरहेको छ ।

संस्थाले निकट भविष्यमा पाँचवटा शाखा कार्यालयहरू थप गर्ने योजना बनाएको छ । आधुनिक डिजिटल बैंकिङ सेवाहरू प्रवाह गर्दै आएको यस वित्तीय संस्थाले हालै लकर सुविधा पनि उपलब्ध गराएको छ ।


क्याटेगोरी : बैंक बित्त बजार

तपाईको प्रतिक्रिया