Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारसिटिजन लाइफको ‘बिजनेस स्ट्राटिजी कन्फेरेन्स २०७९’

सिटिजन लाइफको ‘बिजनेस स्ट्राटिजी कन्फेरेन्स २०७९’


काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीले बिजनेस स्ट्राटिजी कन्फेरेन्सकोे पाँचौँ संस्करण २०७९ साल असोज ३, ४ र ५ गते सौरहाको होटेल चितवन प्याराडाइजमा सम्पन्न गरेको छ । कम्पनीलाई हरेक ढङ्गबाट उत्कृष्ट बनाउन हरेक दिन इमान्दारी र मिहिनेतका साथ खटिएका सम्पूर्ण कर्मचारीहरूलाई थप क्षमता अभिवृद्धि गर्ने, उत्प्रेरणा जगाउने र हौसला प्रदान गर्ने उद्देश्यले यस कार्यक्रमको आयोजना गरिएको हो ।

कार्यक्रममा एक सय १४ जना कर्मचारीको सहभागिता रहेको थियो । कार्यक्रममा गत आर्थिक वर्षको कारोबार समीक्षा गर्दै नयाँ आर्थिक वर्षको रणनीतिबारे छलफल गरियो साथै आर्थिक वर्ष २०७८/०७९ सालमा उत्कृष्ट कार्य सम्पादन गर्ने विभिन्न शाखा र कर्मचारीहरूलाई विभिन्न ३१ विधामा सम्मान गरिएको कम्पनीले जानकारी दिएको छ ।

यससँगै आगामी दिनमा कम्पनीले उपलब्ध गराउने सेवाहरूलाई अझै ग्राहककेन्द्रित र प्रविधिमुखी बनाउँदै लैजाने उद्देश्यका साथ कम्पनीको व्यवस्थापन टिम र शाखाका कर्मचारीहरूबीच कम्पनीको प्रशासन सम्बन्धित रहेका विविध विषयहरूमा छलफल गरियो र प्रशासन सम्बन्धित सबै कार्यहरू अझै छिटो र सजिलो तरिकाले कसरी सम्पन्न गर्न सकिन्छ भन्ने विषयमा छलफल भएको थियो ।

कम्पनीले आगामी दिनहरूमा पनि अरु थुप्रै आधुनिक तथा नवीनतम डिजिटल सेवाहरू प्रचलनमा ल्याउने योजना रहेको समेत जानकारी दिएको छ । प्रचलित कानुन, नीति, नियम एवं नियमनकारी निकायबाट जारी निर्देशनहरूको परिपालन गर्दै र सञ्चालक समितिको मार्गदर्शनअनुरूप संस्थागत सुशासन कायम गर्दै निर्धारित व्यावसायिक लक्ष्य हासिल गर्न व्यवस्थापन कटिबद्ध रहेको र सोका लागि कम्पनीको सेवालाई थप गुणस्तरीय बनाउने प्रतिवद्धता व्यक्त गर्दै समग्रमा कार्यक्रम निकै उत्साहजनक र फलदायी रह्यो । कम्पनीको सम्पूर्ण व्यवस्थापन टिमको समुपस्थितिमा तीन दिने कार्यक्रम भव्यरूपमा सम्पन्न भएको कम्पनी जनाएको छ ।


क्याटेगोरी : बैंक बित्त बजार

तपाईको प्रतिक्रिया