Techie IT
×
गृहपृष्ठवित्त पूँजी बजार‘अनलाइन बेबिनार कार्यक्रम’

‘अनलाइन बेबिनार कार्यक्रम’


काठमाडौं । कामना सेवा विकास बैंकले आफ्ना ग्राहकहरूलाई डिजिटल बैंकिङसम्बन्धी जानकारी तथा यसको उचित प्रयोगसम्बन्धी ज्ञान प्रदान गर्ने उद्देश्यले जुममार्फत यही असोज ८ गते चौथो अनलाइन बेबिनार कार्यक्रम सम्पन्न गरेको छ । बैंकले यस्तो कार्यक्रम हरेक महिना सञ्चालन गर्दै आइरहेको छ ।

उक्त कार्यक्रममा बैंकका कर्मचारीले बिल भुक्तानी गर्ने, अनलाइन खाता खोल्ने, सामाजिक सञ्जालमार्फत बैंकिङ कारोबार गर्ने, अन्तरबैंकिङ रकम ट्रान्सफर गर्नेजस्ता विभिन्न बैंकिङ कारोबारहरू कसरी डिजिटल माध्यमद्वारा गर्न सकिन्छ भन्ने जानकारी गराउनका साथै कसरी सुरक्षित डिजिटल कारोबार गर्ने भन्नेजस्ता महत्वपूर्ण जानकारीहरू प्रदान गरिएको थियो ।

बैंकले आफ्नो वित्तीय साक्षरताअन्तर्गत सो कार्यक्रम सञ्चालन गरेको र आगामी दिनहरूमा पनि थप प्रभावकारीरूपमा यस्ता कार्यक्रमहरू सञ्चालन गर्दै जाने बताएका छन् ।


क्याटेगोरी : वित्त पूँजी बजार

तपाईको प्रतिक्रिया