Techie IT
×
गृहपृष्ठवित्त पूँजी बजारमिथिला लघुवित्तको खुद मुनाफा बढ्यो

मिथिला लघुवित्तको खुद मुनाफा बढ्यो


काठमाडौं  । मिथिला लघुवित्त वित्तीय संस्थाको खुद मुनाफा बढेको छ । संस्थाले आर्थिक वर्ष २०७८–०७९ मा सात करोड ३६ लाख ३३ हजार रुपैयाँ खुद मुनाफा कमाएको छ ।  गत आवको सोही अवधिमा भने संस्थाले छ करोड ४९ लाख ३९ हजार रुपैयाँ खुद मुनाफा कमाएको थियो ।

हाल चुक्ता पुँजी २८ करोड ८१ लाख २४ हजार रुपैयाँ रहेको संस्थाले आव २०७८–०७९ मा ९७ करोड ७८ लाख ३९ हजार रुपैयाँ निक्षेप संकलन गरी तीन अर्ब ८५ करोड ६४ लाख ३९ हजार रुपैयाँ कर्जा प्रवाह गरेको छ । सो अवधिमा २३ करोड ९६ लाख ८० हजार रुपैयाँ खुद ब्याज आम्दानी गरेको संस्थाको प्रोभिजन रकम ३३ लाख ६० हजार रुपैयाँ रहेको छ भने निष्क्रिय कर्जाको अनुपात एक दशमलव ४७ प्रतिशत रहेको छ ।

अघिल्लो आवमा भने संस्थाल ६२ करोड ७४ हजार रुपैयाँ निक्षेप संकलन गरी दुई अर्ब ४५ करोड ३९ लाख ६९ हजार रुपैयाँ कर्जा प्रवाह गरेको थियो । उक्त अवधिमा १७ करोड ४५ लाख ५६ हजार रुपैयाँ खुद ब्याज आम्दानी गरेको संस्थाको प्रोभिजन रकम एक करोड दुई लाख ५७ हजार रुपैयाँ थियो भने निष्क्रिय कर्जाको अनुपात एक दशमलव ७५ प्रतिशत रहेको थियो ।


क्याटेगोरी : वित्त पूँजी बजार

तपाईको प्रतिक्रिया