कालिका लघुवित्तको खुद मुनाफामा उच्च वृद्धि
काठमाडौं । कालिका लघुवित्त वित्तीय संस्थाको खुद मुनाफा उच्चरूपमा बढेको छ । संस्थाले आर्थिक वर्ष २०७८–०७९ मा १२ करोड ८४ लाख ९६ हजार रुपैयाँ खुद मुनाफा कमाएको छ । अघिल्लो आवमा भने संस्थाको यस्तो नाफा पाँच करोड ५२ लाख १६ हजार रुपैयाँ रहेको थियो ।
हाल चुक्ता पुँजी ३१ करोड २८ लाख ७५ हजार रुपैयाँ रहेको संस्थाले आर्थिक वर्ष २०७८–०७९ मा एक अर्ब ४६ करोड ८७ लाख २० हजार रुपैयाँ निक्षेप संकलन गरी तीन अर्ब ९१ करोड ६६ लाख ३२ हजार रुपैयाँ कर्जा प्रवाह गरेको छ । सो अवधिमा २९ करोड ४७ लाख ९६ हजार रुपैयाँ खुद ब्याज आम्दानी गरेको संस्थाको प्रोभिजन रकम सात करोड ५८ लाख ९५ हजार रुपैयाँ रहेको थियो भने निष्क्रिय कर्जाको अनुपात तीन दशमलव ११ प्रतिशत रहेको छ ।
अघिल्लो आवमा भने संस्थाले एक अर्ब १५ करोड ८३ लाख १४ हजार रुपैयाँ निक्षेप संकलन गरी तीन अर्ब ५८ लाख ७१ हजार रुपैयाँ कर्जा प्रवाह गरेको थियो । उक्त अवधिमा २९ करोड १५ लाख छ हजार रुपैयाँ खुद ब्याज आम्दानी गरेको संस्थाको प्रोभिजन रकम १९ करोड ७० लाख ६६ हजार रुपैयाँ रहेको थियो भने निष्क्रिय कर्जाको अनुपात छ दशमलव २० प्रतिशत रहेको थियो ।
क्याटेगोरी : वित्त पूँजी बजार
ताजा अपडेट
- पाँच अंकले बढ्यो नेप्से
- लुम्बिनी जनरल र सगरमाथा इन्स्योरेन्सबीच मर्जर सम्झौता
- गोरखामा प्राधिकरणको बीमासम्बन्धी जानकारीमूलक अन्तरक्रिया कार्यक्रम
- माछापुच्छ्रे बैंकका ग्राहकलाई सीजी डिजिटलमा छुट
- महालक्ष्मी विकास बैंकको संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम
- ‘इन्टिलेक्चुअल ग्रोथ’ भन्ने नाराका साथ नेशनल लाइफको ब्रान्च मेनेजर कन्फ्रेन्स
- शुभम पावरले साधारण सेयर जारी गर्ने
- पाकिस्तान मस्जिद आक्रमणमा कम्तीमा १०० जनाको मृत्यु
धेरैले पढेको
- घरजग्गामा गरेको लगानी फिर्ता नहुँदा सहकारी समस्यामा
- जनता कति टुलुटुलु हेरेर बस्ने ?
- बहसमा कर्मचारी अवकाश उमेरहद
- अर्थमन्त्री पौडेलले कसरी बढाउलान् आम्दानी र पुँजीगत खर्च ?
- लुम्बिनी जनरल इन्स्योरेन्सले सात प्रतिशत लाभांश दिने
- बैंकहरूको लागि होम लोन नै सुरक्षित
- जाडोभर बिजुली आपूर्तिमा समस्या
- व्यवसायी मुुरारका र राठीको पोस्ता आयातको लाइसेन्स लिने प्रयास असफल
तपाईको प्रतिक्रिया