प्राइम कमर्सियल बैंक १६औँ वर्षमा, ग्राहकको सेवामा अझै कटिबद्ध भएर लाग्ने प्रतिबद्धता
काठमाडौं । प्राइम कमर्सियल बैंक १६औँ वर्षमा प्रवेश गरेको छ । बैंकले यही असोज ११ गते १५ वर्ष पूरा गरी १६औँ वर्षमा प्रवेश गरेको जानकारी दिएको छ । सो अवसरमा बैंकका प्रमुख कार्यकारी अधिकृत नारायणदास मानन्धरले १६औँ वर्षको सुखद अवसरमा जस्तोसुकै प्रतिकूलताको बीच पनि बैंक परिवार ग्राहकहरूको सेवामा सदाझैँ कटिबद्ध रहने बताएका छन् ।
‘आजको विषम परिस्थितिमा पनि विगतको प्रगति एवं उपलब्धिको गतिलाई निरन्तरता दिन यस संस्थालाई हरदम सहयोग गर्ने, सद्भावना र सदाशयता राख्ने आदरणीय ग्राहक, विभिन्न संघसंस्थाहरू, नियामक निकाय, सञ्चार जगत, कर्मचारी वर्ग, शुभेच्छुकलगायत सबैमा हार्दिक आभार प्रकट गर्दछौँ’, प्रमुख कार्यकारी अधिकृत मानन्धरले भने ।
उच्च व्यवस्थापकीय क्षमता भएको सञ्चालन एवं व्यवस्थापन समिति, दक्ष कर्मचारी संयन्त्रकै कारण आजको दिनसम्म आइपुग्दा बैंक वित्तीयरूपमा निकै नै सबल, सक्षम र सुशासनयुक्त बनेको छ । बैंकले हाल काठमाडौं उपत्यकाभित्र ४९ वटा र उपत्यकाबाहिर एक सय ३८ वटा शाखासहित देशभर कुल एक सय ८७ वटा शाखामार्फत वित्तीय कारोबार सञ्चालन गर्दै आएको छ । बैंकको सुगमदेखि दुर्गमसम्म सबै क्षेत्रहरूमा शाखाहरू रहेको छ । बैंकले आर्थिक वर्ष २०७८–०७९ मा तीन अर्ब ६८ करोड १२ लाख ३२ हजार रुपैयाँ खुद मुनाफा कमाएको छ । अघिल्लो आवमा भने बैंकको यस्तो नाफा तीन अर्ब २६ करोड ८४ लाख लाख रुपैयाँ रहेको थियो ।
हाल चुक्ता पुँजी १८ अर्ब ६५ करोड ६३ लाख २२ हजार रुपैयाँ रहेको बैंकले आव २०७८–०७९ मा एक खर्ब ६० अर्ब २० करोड ३३ लाख ५० हजार रुपैयाँ निक्षेप संकलन गरी एक खर्ब ४८ अर्ब १६ करोड ६९ लाख ५४ हजार रुपैयाँ कर्जा प्रवाह गरेको छ । सो अवधिमा छ अर्ब ४७ करोड ९४ लाख ३७ हजार रुपैयाँ खुद ब्याज आम्दानी गरेको बैंकमा एक दशमलव ४० प्रतिशत कर्जा निष्क्रिय रहेको छ । सो अवधिमा चार दशमलव ३७ प्रतिशत स्प्रेड दर रहेको बैंकको वितरणयोग्य नाफा भने दुई अर्ब ३९ करोड सात लाख ४७ हजार रुपैयाँ रहेको छ ।
अघिल्लो आवमा भने बैंकले एक खर्ब ५४ अर्ब १३ करोड ९५ लाख १४ हजार रुपैयाँ निक्षेप संकलन गरी एक खर्ब ३५ अर्ब ३८ करोड ३७ लाख ८७ हजार रुपैयाँ कर्जा प्रवाह गरेको थियो । उक्त अवधिमा पाँच अर्ब ९४ करोड ८८ लाख ९० हजार रुपैयाँ खुद ब्याज आम्दानी गरेको बैंकमा शून्य दशमलव ९८ प्रतिशत कर्जा निष्क्रिय रहेको छ । सो अवधिमा चार दशमलव नौ प्रतिशत स्प्रेड दर रहेको बैंकको वितरणयोग्य नाफा भने दुई अर्ब ३९ करोड सात लाख ४७ हजार रुपैयाँ रहेको छ ।
क्याटेगोरी : वित्त पूँजी बजार
ताजा अपडेट
- पाँच अंकले बढ्यो नेप्से
- लुम्बिनी जनरल र सगरमाथा इन्स्योरेन्सबीच मर्जर सम्झौता
- गोरखामा प्राधिकरणको बीमासम्बन्धी जानकारीमूलक अन्तरक्रिया कार्यक्रम
- माछापुच्छ्रे बैंकका ग्राहकलाई सीजी डिजिटलमा छुट
- महालक्ष्मी विकास बैंकको संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम
- ‘इन्टिलेक्चुअल ग्रोथ’ भन्ने नाराका साथ नेशनल लाइफको ब्रान्च मेनेजर कन्फ्रेन्स
- शुभम पावरले साधारण सेयर जारी गर्ने
- पाकिस्तान मस्जिद आक्रमणमा कम्तीमा १०० जनाको मृत्यु
धेरैले पढेको
- घरजग्गामा गरेको लगानी फिर्ता नहुँदा सहकारी समस्यामा
- जनता कति टुलुटुलु हेरेर बस्ने ?
- बहसमा कर्मचारी अवकाश उमेरहद
- अर्थमन्त्री पौडेलले कसरी बढाउलान् आम्दानी र पुँजीगत खर्च ?
- लुम्बिनी जनरल इन्स्योरेन्सले सात प्रतिशत लाभांश दिने
- बैंकहरूको लागि होम लोन नै सुरक्षित
- जाडोभर बिजुली आपूर्तिमा समस्या
- व्यवसायी मुुरारका र राठीको पोस्ता आयातको लाइसेन्स लिने प्रयास असफल
तपाईको प्रतिक्रिया