Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारसीवाईसी लघुवित्तको नाफा आठ करोड तीन लाख

सीवाईसी लघुवित्तको नाफा आठ करोड तीन लाख


काठमाडौं  । सीवाईसी नेपाल लघुवित्त वित्तीय संस्थाले आर्थिक वर्ष २०७८–०७९ मा आठ करोड तीन लाख २९ हजार रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ । अघिल्लो आवमा भने संस्थाको यस्तो नाफा पाँच करोड १८ लाख रुपैयाँ रहेको थियो ।

हाल चुक्ता पुँजी १२ करोड १६ लाख ४१ हजार रुपैयाँ रहेको संस्थाले आव २०७८–०७९ मा एक अर्ब ३९ करोड ७२ हजार रुपैयाँ निक्षेप संकलन गरी तीन अर्ब ५९ करोड दुई लाख चार हजार रुपैयाँ कर्जा प्रवाह गरेको छ । सो अवधिमा २१ करोड ९९ लाख ५४ हजार रुपैयाँ खुद ब्याज आम्दानी गरेको संस्थाको प्रोभिजन रकम १३ करोड ४७ लाख ९४ हजार रुपैयाँ रहेको छ भने निष्क्रिय कर्जाको अनुपात एक दशमलव ९५ प्रतिशत रहेको छ ।

अघिल्लो आवमा भने संस्थाले ८८ करोड १६ लाख ४६ हजार रुपैयाँ निक्षेप संकलन गरी एक अर्ब ७४ करोड ९५ लाख ३८ हजार रुपैयाँ कर्जा प्रवाह गरेको थियो । उक्त अवधिमा १३ करोड ९८ लाख ८९ हजार रुपैयाँ खुद ब्याज आम्दानी गरेको संस्थाको प्रोभिजन रकम छ करोड २७ लाख २१ हजार रुपैयाँ रहेको थियो भने निष्क्रिय कर्जाको अनुपात चार दशमलव ८४ प्रतिशत रहेको थियो ।


क्याटेगोरी : बैंक बित्त बजार

तपाईको प्रतिक्रिया