Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारकामना सेवाद्वारा स्मार्टफोन विजेता घोषणा

कामना सेवाद्वारा स्मार्टफोन विजेता घोषणा


काठमाडौं । कामना सेवा विकास बैंकले डिजिटल करोबार प्रवर्द्धन गर्ने उद्देश्यका साथ २०७९ साल भदौ १९–२४ सम्म ‘केएस डिजिटल वीक’ सञ्चालनमा ल्याएको थियो ।

उक्त सप्ताहमा डिजिटल करोबार प्रोत्साहन गर्नको लागि बैंकले आफ्ना ग्राहकहरूलाई विभिन्न अफरहरू उपलब्ध गराएको थियो । विभिन्न अफरमध्ये, एफवान सफ्टसँगको साझेदारीमा सञ्चालन गरेको अफरअन्तर्गत कामना सेवाका ग्राहकहरूले आफ्नो केएस आई मोबाइल एपमार्फत कुनै पनि तीनवटा फरक कारोबार गरेका दुई जनाले स्मार्ट फोन प्राप्त गरी भाग्यशाली विजेता बन्न सफल भएका थिए ।

उक्त कारोबार गर्ने ग्राहकहरूबीच बैंकका नायब प्रमुख कार्यकारी अधिकृत विनय दाहालद्वारा गोलाप्रथा गरी हेटौंडाका अजित बिडारी र वीरगञ्जका परफेक्ट सोलुसन सेन्टरलाई स्मार्ट फोनको बिजेता घोषणा गरिएको थियो । उक्त स्मार्ट फोन बैंकले भाग्यशाली ग्राहकहरूलाई बैंकको सम्बन्धित शाखाका शाखा प्रमुखद्वारा उपहार हस्तान्तरण गरिएको थियो ।


क्याटेगोरी : बैंक बित्त बजार

तपाईको प्रतिक्रिया