Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारदुर्घटनामा ज्यान गुमाएका सैनिक परिवारलाई मेगा बैंकबाट सात लाख रूपैयाँ हस्तान्तरण

दुर्घटनामा ज्यान गुमाएका सैनिक परिवारलाई मेगा बैंकबाट सात लाख रूपैयाँ हस्तान्तरण


काठमाडौं । दुर्घटनामा परी असामयिक निधन भएका ग्राहकका परिवारलाई मेगा बैंक नेपाल लिमिटेडले बीमाबापतको रकम प्रदान गरेको छ ।

मेगा बैंकमा मेगा कर्पोरेट बेनीफिट सेभिङ अकाउन्ट भि २०२० खोलेका नेपाली सेनाका राम बहादुर गुरुङका परिवारलाई बैंकले सोही खातामा भएको योजनाबमोजिम बीमाबापत सात लाख रूपैयाँ हस्तान्तरण गरेको हो । विराटनगरमा एक कार्यक्रमका बीच रकम मृतककी पत्नी जुनु गुरुङलाई प्रदान गरिएको मेगा बैंकले जनाएको छ ।

मृतक गुरुङले नेपाली सेनाको २१ नम्बर बाहिनी अड्डा चारआलीमा कार्यरत रहँदा मेगा बैकको बिर्तामोड शाखामा ‘मेगा कर्पोरेट बेनीफिट सेभिङ अकाउन्ट भि २०२०’ खोलेका थिए । २०७८ सालमा सवारी दुर्घटनामा परी उनको निधन भएको थियो । मेगा बैंकले तलबी खातामा बीमा सुविधा प्रदान गर्दै आएको बैंकको प्रदेश एकका प्रमुख विवेकबन्धु न्यौपानेले बताए ।

न्यूनतम एक हजार रूपैयाँ मौज्दातमा खोल्न सकिने मेगा कर्पोरेट बेनीफिट सेभिङ अकाउन्ट भि २०२० मा बैंकले हरेक खातावालाको सात लाख रूपैँयाको दुर्घटना बीमा गरिदिएको छ । ग्राहक र उनीहरूका परिवारलाई भइपरी आउने यस्ता घटनाबाट केही वित्तीय राहत मिलोस् भनेर बैंकले यो योजना ल्याएको हो ।


क्याटेगोरी : बैंक बित्त बजार

तपाईको प्रतिक्रिया