Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारप्रभु क्यापिटल र क्वेस्ट इन्टरनेशनल कलेजबीच सम्झौता

प्रभु क्यापिटल र क्वेस्ट इन्टरनेशनल कलेजबीच सम्झौता


काठमाडौ । प्रभु क्यापिटल लिमिटेड र क्वेस्ट इन्टरनेशनल कलेजबीच एमओयू सम्झौता सम्पन्न भएको छ । सम्झौतामा प्रभु क्यापिटल लिमिटेडका प्रबन्धनिर्देशक दिनेश थकाली र क्वेस्ट इन्टरनेशनल कलेजका बीबीए डाइरेक्टर ज्योति शेरचनले हस्ताक्षर गरेका हुन् ।

देशमा दक्ष व्यवस्थापकीय क्षमता भएका जनशक्ति उत्पादन गर्ने तथा विद्यार्थीहरूलाई वित्त तथा व्यवस्थापनको क्षेत्रमा व्यावहारिक शिक्षा प्रदान गर्नेलगायतका विषयमा सहकार्य गर्ने गरी सो आपसी समझदारीपत्रमा सम्झौता भएको हो । सो सम्झौताअनुसार प्रभु क्यापिटलले सो कलेजको व्यवस्थापन विभागको बीबीए तहमा अध्ययनरत विद्यार्थीहरूलाई प्रोत्साहन गर्ने हेतुले प्रभु क्यापिटलले सेयरबजारसम्बन्धी विभिन्न तालिम प्रदान गर्ने तथा विभिन्न सेवामा सहुलियत दिने साथै कलेजले क्यापिटलको अनुसन्धान तथा विश्लेषण कार्यमा मदत पुग्नेलगायतका विषय समेटेर सो कलेजका व्यवस्थापन विभागका फ्याकल्टी मेम्बर तथा विद्यार्थीहरूसँग सहकार्य गर्ने सम्झौता भएको छ ।


क्याटेगोरी : बैंक बित्त बजार

तपाईको प्रतिक्रिया