Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारभुजुङ हाइड्रोपावरको सेयर बिक्री प्रबन्धकमा कुमारी क्यापिटल

भुजुङ हाइड्रोपावरको सेयर बिक्री प्रबन्धकमा कुमारी क्यापिटल


काठमाडौ । भुजुङ हाइड्रोपावर लिमिटेडले सेयर निष्काशन तथा बिक्री प्रबन्धकमा कुमारी क्यापिटल नियुक्त भएको छ । कम्पनीले प्रतिसेयर एक सय रूपैयाँ अंकित दरको पाँच लाख ८५ हजार कित्ता साधारण सेयर सर्वसाधारणहरुमा निष्काशन गर्नको लागि कुमारीलाई धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धकमा नियुक्त गरेको हो ।

उक्त सम्झौता—पत्रमा भुजुङ हाइड्रोपावरका तर्फबाट कार्यकारी सञ्चालक खेम राज जोशी तथा कुमारी क्यापिटलका तर्फबाट का.मु. प्रमुख कार्यकारी अधिकृत पुष्प शर्माले हस्ताक्षर गरेका हुन । हाल भुजुङ हाइड्रोपावर लिमिटेडको अधिकृत पुँजी ५० करोड रूपैयाँ, जारी पुँजी ४३ करोड रूपैयाँ, र चुक्ता पुँजी ३२ करोड सात लाख २५ हजार रुपैयाँ रहेको छ ।

सन् २०१५ मा स्थापित भुजुङ हाइड्रोपावरले ७.५ मेगावा क्षमताको रन अफ रिभर प्रकारको अपर मिडिम हाइड्रोपावर प्रोजेक्ट विकास गरिरहेको छ । आयोजनाको कुल लागत ३९ करोड छ भने कम्पनीले आयोजनाको कुल लागतको १५ प्रतिशत अर्थात् ५.८५ करोडको साधारण सेयर सर्वसाधारणहरुमा निष्काशन गर्न लागेको हो । यो आयोजना नेपालको लामजुङ जिल्लाको क्व्होलासोथार गाउँपालिकामा अवस्थित छ ।


क्याटेगोरी : बैंक बित्त बजार

तपाईको प्रतिक्रिया