Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारमाछापुच्छ्रे बैंकले ल्यायो नेपाल–पे क्यूआरमा क्यासब्याक अफर

माछापुच्छ्रे बैंकले ल्यायो नेपाल–पे क्यूआरमा क्यासब्याक अफर


काठमाडौं । माछापुच्छ्रे बैंकले नेपाल क्लियरिङ हाउस लिमिटेडसँगको सहकार्यमा नेपालीहरूको महान् चाड विजया दशमीलाई लक्षित गरी भाटभटेनी सुपरमार्केटमा क्यूआरबाट कारोबार गर्दा क्यासब्याक अफर ल्याएको छ । चाडबाडको समयमा हुने किनमेलमा ग्राकहलाई विशेष सुविधा दिने उद्देश्यले क्यासब्याक अफर सञ्चालनमा ल्याएको हो ।

यो अफर यही मिति २०७८ असोज ८ गतेदेखि असोज १४ गतेसम्मका लागि लागू रहनेछ । जसअन्तर्गत बैंकका ग्राहकले नेपाल–पे क्यूआरबाट भाटभटेनी सुपरमार्केटमा कारोबार गर्दा एक पटकमा १० प्रतिशत वा अधिकतम एक सय रूपैयाँसम्म क्यासब्याक पाउन सक्नेछन् । साथै बैंकसँगै भाटभटेनी सुपरमार्केटले पनि चाडबाडलाई लक्षित गरी कपडा एवं जुत्ताको खरिदमा थप १० प्रतिशतसम्मको छुट सञ्चालनमा ल्याएको छ ।

स्थापना कालदेखि नै नयाँ–नयाँ प्रविधिमा आधारित सेवा सुविधा ग्राहकमाझ ल्याउन कटिबद्ध रहेको माछापुच्छ्रे बैंकले हालै मात्र नेपाली बैंकिङ इतिहासमा पहिलो पटक आफ्नै मोबाइल वालेट रेमिट्याप सञ्चालनमा ल्याएको छ भने अन्य नवीनतम डिजिटल सेवाहरू मोबाइल बैंकिङ सेवा, इन्टरनेट बैंकिङ सेवा, अनलाइनमार्फत खाता खोल्ने (मुद्दती खाता खोल्न) लगायतका थुप्रै अत्याधुनिक प्रविधिहरू आफ्ना ग्राहकमाझ ल्याइसकेको छ । 


क्याटेगोरी : बैंक बित्त बजार

तपाईको प्रतिक्रिया