Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारमञ्जुश्री फाइनान्सको शाखा कार्यालय कुमारीपाटीमा

मञ्जुश्री फाइनान्सको शाखा कार्यालय कुमारीपाटीमा


काठमाडौं । मञ्जुश्री फाइनान्स लिमिटेडले ललितपुर जिल्ला ललितपुर महानगरपालिका वडा नं. ०५, कुमारीपाटीमा आफ्नो २७औँ शाखा उद्घाटन गरेको छ । फाइनान्सको संस्थापक अध्यक्ष तथा नेपाल सरकारको पूर्वमुख्य सचिव एवं नेपालको तर्फबाट अमेरिकाको लागि राजदूत दामोदर प्रसाद गौतम तथा मञ्जुश्री फाइनान्स लिमिटेडको अध्यक्ष श्रीमती इन्दिरा पण्डित घिमिरेले संयुक्तरूपमा एक समारोहका बीच उक्त शाखा कार्यालयको उद्घाटन गरेका हुन् ।

२०७९ साल भाद्र मसान्तसम्म एक अर्ब ३५ करोड चुक्ता पुँजी एवं ५० करोड डिबेन्चर जारी गरेको राष्ट्रियस्तरको यस फाइनान्सले ११ अर्ब ५२ करोड रूपैयाँ निक्षेप संकलन गरी १० अर्ब ८८ करोड रूपैयाँ कर्जा परिचालन गरेको छ  । यसका साथै यस फाइनान्सले विप्रेषण, मोबाइल बैंकिङ, इन्टरनेट बैंकिङ र एटीएम सेवालगायत सरल कर्जा र निक्षेपमा आकर्षक ब्याजदरको सुविधा दिँदै आएको छ ।


क्याटेगोरी : बैंक बित्त बजार

तपाईको प्रतिक्रिया