Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारमाछापुच्छ्रे बैंकको नयाँ बन्दिपुर एक्सटेन्सन काउन्टर शाखा सिरहामा

माछापुच्छ्रे बैंकको नयाँ बन्दिपुर एक्सटेन्सन काउन्टर शाखा सिरहामा


काठमाडौं । माछापुच्छ्रे बैंकले मधेश प्रदेशको सिरहा स्थित कर्जन्हा नगरपालिका वडा नं. ०३, बन्दिपुरमा एक्सटेन्सन काउन्टर सञ्चालनमा ल्याएको छ । बैंकले शुक्रबार औपचारिक कार्यक्रमको आयोजना गरी उक्त एक्सटेन्सन काउन्टरको उद्घाटन गरेको हो । उक्त एक्सटेन्सन काउन्टरको कर्जन्हा नगरपालिकाका मेयर भोला प्रसाद पोखरेल एंव माछापुच्छ्रे बैंक लिमिटेडका अध्यक्ष डा. वीरेन्द्र प्रसाद महतोले संयुक्तरुपमा उद्घाटन गरेका हुन् । उक्त कार्यक्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत सन्तोष कोइरालाको पनि उपस्थिति थियो । बन्दिपुर सिरहा एक्सटेन्सन काउन्टरसँगै बैंकको हाल १० वटा एक्सटेन्सन काउन्टर सञ्चालनमा छन् ।

माछापुच्छ्रे बैंकले देशका हरेक वर्ग र समुदायसम्म बैंकिङ सेवाको पहुँचका लागि नयाँ नयाँ स्थानहरुमा आफ्नो सेवा विस्तार गर्दै आएको छ र नयाँ एक्सटेन्सन काउन्टरमार्फत ग्राहकको खाता खोल्ने, निक्षेप संकलन तथा भुक्तानी, विप्रेषण लगायतका अन्य बैंकिङ सुविधाहरु प्रदान गर्नेछ ।


क्याटेगोरी : बैंक बित्त बजार

तपाईको प्रतिक्रिया