Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारसिभिल बैंकको १०२औँ एटीएम चितवनको सौराहामा

सिभिल बैंकको १०२औँ एटीएम चितवनको सौराहामा


काठमाडौं । सिभिल बैंकले चितवनको सौराहा चोकमा आफ्नो १०२औँ एटीएम सञ्चालनमा ल्याएको छ । उक्त एटीएमको उद्घाटन रत्ननगर नगरपालिका वडा नं ६ का अध्यक्ष किरण महतो र होटेल व्यसायी संघ सौराहाका अध्यक्ष दीपक प्रसाद भट्टराईले संयुक्त रुपमा गरेका हुन् ।

उक्त एटीएमको उद्घाटन समारोहमा प्रमुख अतिथि रत्ननगर नगरपालिकाका वडा नं. ६का अध्यक्ष किरण महतो र होटेल व्यसायी संघ सौराहाका अध्यक्ष दीपक प्रसाद भट्टराईलगायत सो क्षेत्रका उद्योगी, व्यवसायी, गन्यमान्य व्यक्तिहरु तथा सर्वसाधारणको उपस्थिति थियो । अब त्यस क्षेत्रका सेवाग्राहीहरुले बैंकको उक्त एटीएममार्फत आफूलाई आवश्यक पैसा सहज तरिकाले झिक्न सक्नेछन् ।

करिब आठ लाख ग्राहकहरुलाई एक सय १५ वटा शाखाहरु र १३ एक्सटेन्सन काउन्टरहरुमार्पmत सेवा प्रदान गरिरहेको सिभिल बैंकको हालसम्म यस एटीएमसहित देशका विभिन्न एक सय दुईवटा ठाउँहरुमा एटीएम स्थापित गरी सञ्चालन ल्याएको छ । साथै बैंकले गत असार मसान्तसम्म ९६ अर्ब रुपैयाँभन्दा बढी निक्षेप परिचालन गरी ८७ अर्ब रुपैयाँभन्दा बढी कर्जा लगानी गरिसकेकोे छ ।

 


क्याटेगोरी : बैंक बित्त बजार

तपाईको प्रतिक्रिया