Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारहिमालयन बैंक र ट्राभल राइटबीच सम्झौता

हिमालयन बैंक र ट्राभल राइटबीच सम्झौता


काठमाडौं । हिमालयन बैंक लिमिटेड र ट्राभल राइट प्रालि (भिस्तारा एयरलाइन्स) बीच सम्झौतापत्रमा हस्ताक्षर भएको छ । सम्झौताअनुसार भिस्तारा एयरलाइन्सले हिमालयन बैंकका अमेरिकन एक्सप्रेस गोल्ड क्रेडिट कार्ड, भिसा गोल्ड क्रेडिट कार्ड तथा मास्टरकार्ड गोल्ड क्रेडिट कार्डवाहकहरूलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल, काठमाडौंमा प्रायोरिटी चेक इन सुविधा प्रदान गर्ने भएको छ ।

सम्झौता पत्रमा बैंकका तर्फबाट बैंकका महाप्रबन्धक उज्जल राजभण्डारी र ट्राभल राइट प्रा.लि. (भिस्तारा एयरलाइन्स) का तर्फबाट प्रमुख कार्यकारी अधिकृत नीरज रिमालले हस्ताक्षर गरेका छन् । हाल बैंकले नेपालभरि फैलिएका ७४ शाखा, पाँचवटा विस्तारित काउन्टर, एक सय ५४ वटा एटीएम र छ हजारभन्दा बढी पिओस टर्मिनलबाट सेवा प्रदान गर्दै आएको छ । विश्वभर प्रचलनमा रहेको अमेरिकन एक्सप्रेस, मास्टरकार्ड, भिसा, युनियन पे, जेसिबी, डाइनरस् डिस्कभर, आदि आफ्नो नेटवर्कमा स्वीकार गर्ने हिमालयन नेपालको एक मात्र बैंक हो ।


क्याटेगोरी : बैंक बित्त बजार

तपाईको प्रतिक्रिया