Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारसानिमा बैंकको दशैं र तिहारमा विशेष छुटको योजना

सानिमा बैंकको दशैं र तिहारमा विशेष छुटको योजना


काठमाडौं । दशैंं र तिहारको अवसरमा, सानिमा मोबाइल बैंकिङ्ग सेवा प्रयोग गरी क्युआर कोडमार्फत भुक्तानी गर्ने ग्राहकहरुलाई १० प्रतिशत वा अधिकतम एक सय रुपैयाँसम्मको छुट प्रादन गर्ने भएको छ । यो योजना २०७९ आश्विन १६ देखि २२ गते र कार्तिक ७ देखि १२ गतेसम्म फोनपे मर्चेन्टहरुमा मात्र लागू हुने बैंकले जानकारी दिएको छ ।

योजनाले डिजिटल भुक्तानीलाई प्रोत्साहन गरी दीर्घकालीनरूपमा नगदको प्रयोग घट्ने बैंकको विश्वास छ । बंैकको देशका सातै प्रदेशमा एक सय २७ वटा कार्यालय तथा एक सय २० वटा एटीएम सञ्चालनमा छन् ।


क्याटेगोरी : बैंक बित्त बजार

तपाईको प्रतिक्रिया