Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारबजार परिसूचक एक हजार आठ सय ५३ दशमलव ७६ विन्दुमा

बजार परिसूचक एक हजार आठ सय ५३ दशमलव ७६ विन्दुमा

सातामा दुई अर्ब ८५ करोड ३३ लाख नौ हजार रुपैयाँको सेयर खरिदबिक्री


काठमाडौं । यस साता सेयरबजार परिसूचक एक हजार आठ सय ५३ दशमलव ७६ विन्दुमा कायम रहेको छ । यसैगरी क वर्गका कम्पनीहरूको कारोबार मापन गर्ने सेन्सिटिभ इन्डेक्स पनि तीन सय ६३ दशमलव ४२ विन्दुमा सीमित भएको छ ।यस साता धितोपत्र बजारमा दुई सय २९ वटा कम्पनीहरूको सेयर कारोबार भएका छन् । जसअनुसार ६५ हजार साता सय ३१ पटकको कारोबरमा ९२ लाख ८४ हजार एक सय २८ कित्ता सेयर खरिदबिक्री हुँदा कुल कारोबार रकम दुई अर्ब ८५ करोड ३३ लाख नौ हजार चार सय ९३ रुपैयाँ पुगेको छ । यो कारोबार रकम गतसाताको तुलनामा झण्डै आधाले कम हो ।

गतसाता भने धितोपत्र बजारमा दुई सय ३१ वटा कम्पनीहरूको सेयर कारोबार भएका थिए । जसअनुुसार ६७ हजार नौ सय ७८ पटकको कारोबारमा एक करोड ५२ लाख २७ हजार दुई सय ५२ कित्ता सेयर खरिदबिक्री हुँदा कुल कारोबार रकम चार अर्ब २० करोड ८४ लाख ५७ हजार सात सय ३१ रुपैयाँ पुगेको थियो । यस साता नेप्सेको नियमित कारोबार कक्ष चार कार्यदिन मात्र खुला रहेको थियो । जसमध्ये पहिलो दिन बजार परिसूचक ओरालो लागेको थियो भने तेस्रो, चौथो र पाँचौँ कार्य दिन बजार परिसूचक उकालो लागेको थियो । दोस्रो कार्यदिन भने सार्वजनिक बिदा परेका कारण नेप्सेको नियमित कारोबार कक्ष बन्द रहेको थियो ।

जसमध्ये पहिलो कारोबार दिन बजार परिसूचक २३ दशमलव ८३ अंकले ओरालो लागेर एक हजार आठ सय १५ दशमलव १३ विन्दुमा झरेकोमा क वर्गका कम्पनीहरूको कारोबार मापन गर्ने सेन्सिटिभ इन्डेक्स पनि तीन दशमलव ८३ अंकले ओरालो लागेर तीन सय ५५ दशमलव ६० विन्दुमा झरेको थियो । दोस्रो दिन भने सार्वजनिक बिदा परेका कारण नेप्सेको नियमित कारोबार कक्ष बन्द रहेको थियो ।

तेस्रो कारोबार दिन भने बजार परिसूचक १५ दशमलव ९२ अंकले उकालो लागेर एक हजार आठ सय ३१ दशमलव पाँच विन्दुमा चढेकोमा क वर्गका कम्पनीहरूको कारोबार मापन गर्ने सेन्सिटिभ इन्डेक्स पनि दुई दशमलव ५४ अंकले उकालो लागेर तीन सय ५८ दशमलव १४ विन्दुमा चढेको थियो । चौथो कारोबार दिन पनि बजार परिसूचक छ दशमलव ४१ अंकले उकालो लागेर एक हजार आठ सय ३७ दशमलव ४६ विन्दुमा चढेकोमा सेन्सिटिभ इन्डेक्स पनि एक दशमलव ४५ विन्दुले उकालो लागेर तीन सय ५९ दशमलव ५९ विन्दुमा चढेको थियो । पाँचौ कारोबार दिन पनि बजार परिसूचक १६ दशमलव २९ अंकले उकालो लागेर एक हजार आठ सय ५३ दशमलव ७६ विन्दुमा चढेकोमा सेन्सिटिभ इन्डेक्स पनि तीन दशमलव ८३ विन्दुले उकालो लागेर तीन सय ६३ दशमलव ४२ विन्दुमा चढेको थियो ।

यस साता बढी रकम कारोबार गर्ने कम्पनीहरूको सूचीमा शिवम् सिमेन्ट, नेसनल हाइड्रोपावर कम्पनी, नेपाल टेलिकम आदि अगाडि परेका छन् भने सेयर कारोबार भएको संख्याको आधारमा शिवम् सिमेन्ट, नेपाल टेलिकम, नेसनल हाइड्रोपावर कम्पनी, आदि अगाडि परेका छन् । यसैगरी बजार पुँजीकरणको आधारमा भने यस साता पनि नेपाल टेलिकम, नबिल बैंक, नेपाल लाइफ इन्स्योरेन्स कम्पनी आदि परेका छन् ।


क्याटेगोरी : बैंक बित्त बजार

तपाईको प्रतिक्रिया