मार्जिन लोनमा नेप्सेको ओरालो यात्राको असर
एकै वर्षमा ३१ अर्ब ७० करोड रुपैयाँले घट्यो सेयर धितो कर्जा
काठमाडौं । सेयर बजार परिसूचक (नेप्से) लगातार ओरालो लागेपछि यसको नकारात्मक असर सेयर धितो अर्थात् मार्जिन लेण्डिङ कर्जामा परेको छ । नेपाल राष्ट्र बैंकका अनुसार सेयरबजार ओरालो लागेकै कारण मार्जिन लेण्डिङ कर्जा पछिल्लो समय घट्नथालेको हो ।
राष्ट्र बैंकका अनुसार २०७८ साउन मसान्तमा नेप्से सूचकांक ३१ सय ६० दशमलव एक अंकमा रहेको थियो । नेप्से उक्त विन्दुमा कायम रहँदा बैंक तथा फाइनान्स कम्पनीहरुले सेयर धितो शीर्षकमा नै एक खर्ब आठ अर्ब ५१ करोड २० लाख रुपैयाँ कर्जा प्रवाह गरेका थिए । उक्त अवधिमा वाणिज्य बैंकहरुले मात्र सेयर धितो कर्जा शीर्षकमा ९२ अर्ब आठ करोड ५० लाख रुपैयाँ कर्जा प्रवाह गरेका थिए भने विकास बैंक र फाइनान्स कम्पनीहरुले पनि सोही शीर्षकमा क्रमशः १३ अर्ब २४ करोड ३० लाख र तीन अर्ब १८ करोड ४० लाख रुपैयाँ कर्जा प्रवाह गरेका थिए ।
तर २०७९ साउन मसान्तमा नेप्से सूचकांक दुई हजार ४१ दशमलव एक अंकमा खुम्चिन पुगेको छ । जसले गर्दा सेयर धितो कर्जा पनि २०७८ साउन मसान्तको तुलनामा २०७९ साउन मसान्तमा ३१ अर्ब ७० करोड ९० लाख रुपैयाँले घटेको छ । सो अनुसार सञ्चालनमा रहेका २६ वटा वाणिज्य बैंक, क्षेत्रीय तथा राष्ट्रियस्तरका समेत गरी १७ वटा विकास बैंक र १७ वटा फाइनान्ससहितका ६० वटा बैंक तथा फाइनान्स कम्पनीहरुले सेयर धितो शीर्षकमा कुल ७६ अर्ब ८० करोड ३० लाख रुपैयाँ कर्जा प्रवाह गरेका छन् ।
राष्ट्र बैंकका अनुसार २०७९ साउन मसान्तमा सेयर धितो कर्जा २०७८ साउन मसान्तको तुलनामा वाणिज्य बैंकहरुमा ३० अर्ब ५२ करोड १० लाख रुपैयाँले घटेको छ भने विकास बैंकहरुमा एक अर्ब ८१ करोड ८० लाख रुपैयाँले घटेको छ । फाइनान्स कम्पनीहरुमा भने सेयर धितो कर्जा २०७८ साउन मसान्तको तुलनामा २०७९ साउन मसान्तमा छ करोड ३० लाख रुपैयाँले बढेको छ ।
सो अनुसार २०७९ साउन मसान्तमा वाणिज्य बैंकहरुले ६१ अर्ब ५६ करोड ४० लाख रुपैयाँ कर्जा प्रवाह गरेका छन् भने विकास बैंकहरुले ११ अर्ब ४२ करोड ५० लाख रुपैयाँ कर्जा प्रवाह गरेका छन् । यस अवधिमा फाइनान्स कम्पनीहरुले भने सेयर धितो शीर्षकमा तीन अर्ब ८१ करोड ४० लाख रुपैयाँ कर्जा प्रवाह गरेका छन् ।
क्याटेगोरी : breaking, वित्त पूँजी बजार
ताजा अपडेट
- सिटिजन्स बैंकको प्रमुख कार्यकारीमा पोखरेलको निरन्तरता
- ‘घर बीमालाई अनिवार्य गरौँ’
- बिम्स्टेक राष्ट्रमा साझा सडक सञ्जाल बनाउन चेम्बरको प्रस्ताव
- ‘उच्च ब्याजदरले समग्र मागमा उच्च संकुचन, उद्योगी व्यवसायीको मनोबल घट्यो’
- अस्ट्रेलियाले नयाँ नोटमा बेलायती राजपरिवारको तस्बिर नछाप्ने
- चीन घेर्दै अमेरिका
- बैंकिङ कसुर मुद्दाका चार जना फरार प्रतिवादीहरू विभिन्न स्थानबाट पक्राउ
- ७० प्रतिशतसम्मको छुटसहित बिजबजारको माघ महिनाको ‘२० मा बीज’
धेरैले पढेको
- बहसमा कर्मचारी अवकाश उमेरहद
- घरजग्गामा गरेको लगानी फिर्ता नहुँदा सहकारी समस्यामा
- जनता कति टुलुटुलु हेरेर बस्ने ?
- अर्थमन्त्री पौडेलले कसरी बढाउलान् आम्दानी र पुँजीगत खर्च ?
- लुम्बिनी जनरल इन्स्योरेन्सले सात प्रतिशत लाभांश दिने
- जाडोभर बिजुली आपूर्तिमा समस्या
- बढ्दो वित्तीय लगानी र घट्दो अर्थतन्त्र
- व्यवसायी मुुरारका र राठीको पोस्ता आयातको लाइसेन्स लिने प्रयास असफल
तपाईको प्रतिक्रिया