Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारकालिका लघुवित्तको खुद मुनाफामा उच्च वृद्धि

कालिका लघुवित्तको खुद मुनाफामा उच्च वृद्धि


काठमाडौं  कालिका लघुवित्त वित्तीय संस्थाको खुद मुनाफा उच्चरूपमा बढेको छ । संस्थाले आर्थिक वर्ष २०७८–०७९ मा १२ करोड ८४ लाख ९६ हजार रुपैयाँ खुद मुनाफा कमाएको छ । अघिल्लो आवमा भने संस्थाको संस्थाले पाँच करोड ५२ लाख १६ हजार रुपैयाँ खुद मुनाफा कमाएको थियो ।

हाल चुक्ता पुँजी ३१ करोड २८ लाख ७५ हजार रुपैयाँ रहेको संस्थाले आव २०७८–०७९ मा एक अर्ब ४६ करोड ८७ लाख २० हजार रुपैयाँ निक्षेप संकलन गरी तीन अर्ब ९१ करोड ६६ लाख ३२ हजार रुपैयाँ कर्जा प्रवाह गरेको छ । सो अवधिमा २९ करोड ४७ लाख ९६ हजार रुपैैयाँ खुद ब्याज आम्दानी गरेको संस्थाको प्रोभिजन रकम सात करोड ५८ लाख ९५ हजार रुपैयाँ रहेको थियो भने निष्क्रिय कर्जाको अनुपात तीन दशमलव ११ प्रतिशत रहेको छ ।

अघिल्लो आवमा भने संस्थाले एक अर्ब १५ करोड ८३ लाख १४ हजार रुपैयाँ निक्षेप संकलन गरी तीन अर्ब ५८ लाख ७१ हजार रुपैयाँ कर्जा प्रवाह गरेको थियो । उक्त अवधिमा २९ करोड १५ लाख छ हजार रुपैयाँ खुद ब्याज आम्दानी गरेको संस्थाको प्रोभिजन रकम १९ करोड ७० लाख ६६ हजार रुपैयाँ रहेको थियो भने निष्क्रिय कर्जाको अनुपात छ दशमलव २० प्रतिशत रहेको थियो ।


क्याटेगोरी : बैंक बित्त बजार

तपाईको प्रतिक्रिया