Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारसूर्योदय वोमी लघुवित्तको खुद मुनाफा घट्यो

सूर्योदय वोमी लघुवित्तको खुद मुनाफा घट्यो


काठमाडौं  । सुर्योदय वोमी लघुवित्त वित्तीय संस्थाको खुद मुनाफा घटेको छ । संस्थाले आर्थिक वर्ष २०७८–०७९ मा १३ करोड ९६ लाख ३७ हजार रुपैयाँ खुद मुनाफा कमाएको छ । अघिल्लो आवमा भने संस्थाले १६ करोड पाँच लाख ३९ हजार रुपैयाँ खुद मुनाफा कमाएको थियो ।

हाल चुक्ता पुँजी ७९ करोड १९ लाख ८४ हजार रुपैयाँ रहेको संस्थाले आव २०७८–०७९ मा चार अर्ब २७ करोड ९८ लाख २९ हजार रुपैयाँ निक्षेप संकलन गरी १० अर्ब ७३ करोड ८४ लाख ४० हजार रुपैयाँ कर्जा प्रवाह गरेको छ । सो अवधिमा ४६ करोड ७६ लाख सात हजार रुपैयाँ खुद ब्याज आम्दानी गरेको संस्थाको प्रोभिजन रकम चार करोड ५३ लाख ३३ हजार रुपैयाँ रहेको छ भने निष्क्रिय कर्जाको अनुपात तीन दशमलव ४६ प्रतिशत रहेको छ ।

अघिल्लो आवमा भने संस्थाले एक अर्ब ६३ करोड ५० लाख ६६ हजार रुपैंयाँ निक्षेप संकलन गरी चार अर्ब ५४ करोड ६७ लाख रुपैयाँ कर्जा प्रवाह गरेको थियो । उक्त अवधिमा ३२ करोड १० लाख दुई हजार रुपैयाँ खुद ब्याज आम्दानी गरेको संस्थाको प्रोभिजन रकम एक करोड ६७ लाख ७२ हजार रुपैयाँ रहेको थियो भने निष्क्रिय कर्जाको अनुपात दुई दशमलव आठ प्रतिशत रहेको थियो ।


क्याटेगोरी : बैंक बित्त बजार

तपाईको प्रतिक्रिया