अनुत्पादक क्षेत्रमा बैंकहरूको कर्जा लगानी बढ्यो
व्यक्तिगत आवास र घरजग्गामा मात्र झण्डै छ खर्ब रुपैयाँ कर्जा प्रवाह
काठमाडौं , नेपाल राष्ट्र बैंकले उत्पादनमूलक क्षेत्रतर्फको कर्जा प्रवाहमा जोड दिएको भए पनि अनुत्पादक क्षेत्रमा बैंकहरुको कर्जा लगानी बढेको देखिएको छ । राष्ट्र बैंकका अनुसार अनुत्पादक क्षेत्रको रुपमा लिइँदै आएको व्यक्तिगत आवास अर्थात् होम लोन र घरजग्गा अर्थात् रियल स्टेट क्षेत्रमा मात्र बैंक तथा फाइनान्स कम्पनीहरुले चालू आर्थिक वर्षको साउन मसान्तसम्ममा पाँच खर्ब ८२ अर्ब ८५ करोड २० लाख रुपैयाँ कर्जा प्रवाह गरेका छन् ।
यसरी प्रवाह भएको कुल कर्जामध्ये व्यक्तिगत आवास शीर्षकमा तीन खर्ब ४१ अर्ब ९६ करोड ९० लाख र रियलस्टेट क्षेत्रमा दुई खर्ब ४० अर्ब ८८ करोड ३० लाख रुपैयाँ कर्जा प्रवाह भएको छ । जसमध्ये सञ्चालनमा रहेका २६ वटा वाणिज्य बैंकहरुले होम लोनतर्फ दुई खर्ब ८२ अर्ब सात करोड ४० लाख र रियटस्टेटतर्फ दुई खर्ब ११ अर्ब ५४ करोड २० लाख रुपैयाँ समेत गरी उक्त शीर्षकमा कुल चार खर्ब ९३ अर्ब ६१ करोड ६० लाख रुपैयाँ कर्जा प्रवाह गरेका छन् ।
विकास बैंकहरुले भने यस अवधिमा होमलोनतर्फ ४९ अर्ब १० करोड ९० लाख र रियलस्टेटतर्फ १९ अर्ब ३२ करोड ८० लाख रुपैयाँ समेत गरी कुल ६८ अर्ब ४३ करोड ७० लाख रुपैयाँ कर्जा प्रवाह गरेका छन् । फाइनान्स कम्पनीहरुले भने यस अवधिमा होम लोन शीर्षकमा १० अर्ब ७८ करोड ६० लाख र १० अर्ब एक करोड २० लाख रुपैयाँ समेत गरी कुल २० अर्ब ७७ करोड ८० लाख रुपैयाँ कर्जा प्रवाह गरेका छन् ।
राष्ट्र बैैंकका अनुसार २०७९ साउन मसान्तसम्ममा व्यक्तिगत आवास र रियलस्टेट क्षेत्रमा प्रवाह भएको कर्जा रकम २०७८ साउन मसान्तको तुलनामा ९३ अर्ब ७५ करोड ९० लाख रुपैयाँले बढी हो । उक्त अवधिमा बैंक तथा फाइनान्स कम्पनीहरुले यी दुई शीर्षकमा कुल ४८ खर्ब ९० अर्ब नौ करोड ३० लाख रुपैयाँ कर्जा प्रवाह गरेका थिए ।
जसअन्तर्गत वाणिज्य बैंकहरुले व्यक्तिगत आवास शीर्षकमा दुई खर्ब ४७ अर्ब ८३ करोड ४० लाख र रियलस्टेट क्षेत्रमा एक खर्ब ६५ अर्ब २२ करोड ५० लाख रुपैयाँ गरी कुल चार खर्ब १३ अर्ब पाँच करोड ९० लाख कर्जा प्रवाह गरेका थिए । यसैगरी विकास बैंकहरुले होम लोन शीर्षकमा ४२ अर्ब ३३ करोड ८० लाख र रियलस्टेट क्षेत्रमा १८ अर्ब १६ करोड ५० लाख रुपैयाँ गरी कुल ६० अर्ब ४० करोड ३० लाख रुपैयाँ कर्जा प्रवाह गरेका थिए । राष्ट्र बैंकका अनुसार फाइनान्स कम्पनीहरुले भने उक्त अवधिमा होम लोन शीर्षकमा आठ अर्ब ४५ करोड ४० लाख र घरजग्गामा सात अर्ब सात करोड ८० लाख रुपैयाँ गरी कुल १५ अर्ब ५३ करोड २० लाख रुपैयाँ कर्जा प्रवाह गरेका थिए ।
क्याटेगोरी : breaking, वित्त पूँजी बजार
ताजा अपडेट
- अन्ततः २१ सय ९४ बिन्दुमा खुम्चियो सेयर बजार
- नबिल बैंकका ग्राहकलाई शाओमी ब्रान्डका सामानको ईएमआई सुविधा
- रिलायन्स लाइफ इन्स्योरेन्स र सन्चो हस्पिटलबीच सम्झौता
- स्टान्डर्ड चार्टर्ड बैंकले दुई अर्ब ४० करोड रुपैयाँबराबरको ऋणपत्र जारी गर्ने
- विकासको नयाँ ढाँचा स्थापनामा चिनियाँ राष्ट्रपतिको जोड
- नेत्रज्योति संघलाई जापानले स्वास्थ्य उपकरण दियो
- म्याद सकियो, सकिएन कालोपत्र
- दोलखाको नाम्दुमा नामखालिङ् गुम्बा निर्माण
धेरैले पढेको
- घरजग्गामा गरेको लगानी फिर्ता नहुँदा सहकारी समस्यामा
- जनता कति टुलुटुलु हेरेर बस्ने ?
- बहसमा कर्मचारी अवकाश उमेरहद
- अर्थमन्त्री पौडेलले कसरी बढाउलान् आम्दानी र पुँजीगत खर्च ?
- जाडोभर बिजुली आपूर्तिमा समस्या
- लुम्बिनी जनरल इन्स्योरेन्सले सात प्रतिशत लाभांश दिने
- बैंकहरूको लागि होम लोन नै सुरक्षित
- बढ्दो वित्तीय लगानी र घट्दो अर्थतन्त्र
तपाईको प्रतिक्रिया