आदर्श लघुवित्तको सेयर कारोबार रोक्का
काठमाडौं । आदर्श लघुवित्त वित्तीय संस्थाको सेयर कारोबार रोक्का भएको छ । नेपाल स्टक एक्सचेन्ज लिमिटेडका अनुसार बैंक तथा वित्तीय संस्था गाभ्ने तथा गाभिनेसम्बन्धी विनियमावली २०७३ बमोजिम आर्दश लघुवित्त वित्तीय संस्थालाई डिप्रोक्स लघुवित्त वित्तीय संस्थाले प्राप्ती गरेकाले आर्दश लघुवित्त वित्तीय संस्था लिमिटेडको दोस्रो बजार कारोबार यही असोज २३ गतेदेखि रोक्का राखिएको हो ।
संस्थाले आर्थिक वर्ष २०७८–०७९ मा ६८ लाख ९३ हजार रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ । अघिल्लो आवमा भने संस्थाको यस्तो नाफा छ लाख ९९ हजार रुपैयाँ रहेको थियो । हाल चुक्ता पुँजी दुई करोड सात लाख रुपैयाँ रहेको संस्थाले आर्थिक वर्ष २०७८–०७९ मा १४ करोड ५३ लाख ६९ हजार रुपैयाँ निक्षेप संकलन गरी २७ करोड ७३ लाख ८६ हजार रुपैयाँ कर्जा प्रवाह गरेको छ । सो अवधिमा एक करोड ७५ लाख ३९ हजार रुपैयाँ खुद ब्याज आम्दानी गरेको संस्थाको प्रोभिजन रकम नौ लाख ५७ हजार रुपैयाँ रहेको छ भने निष्क्रिय कर्जाको अनुपात एक दशमलव शून्य छ प्रतिशत रहेको छ ।
अघिल्लो आवमा भने संस्थाले ११ करोड ९० लाख २३ हजार रुपैयाँ निक्षेप संकलन गरी २३ करोड १४ लाख ३५ हजार रुपैयाँ कर्जा प्रवाह गरेको थियो । उक्त अवधिमा एक करोड ५३ लाख २३ हजार रुपैयाँ खुद ब्याज आम्दानी गरेको संस्थाको प्रोभिजन रकम २० लाख ६३ हजार रुपैयाँ रहेको थियो भने निष्क्रिय कर्जाको अनुपात एक दशमलव ३३ प्रतिशत रहेको थियो ।
क्याटेगोरी : वित्त पूँजी बजार
ताजा अपडेट
- अन्ततः २१ सय ९४ बिन्दुमा खुम्चियो सेयर बजार
- नबिल बैंकका ग्राहकलाई शाओमी ब्रान्डका सामानको ईएमआई सुविधा
- रिलायन्स लाइफ इन्स्योरेन्स र सन्चो हस्पिटलबीच सम्झौता
- स्टान्डर्ड चार्टर्ड बैंकले दुई अर्ब ४० करोड रुपैयाँबराबरको ऋणपत्र जारी गर्ने
- विकासको नयाँ ढाँचा स्थापनामा चिनियाँ राष्ट्रपतिको जोड
- नेत्रज्योति संघलाई जापानले स्वास्थ्य उपकरण दियो
- म्याद सकियो, सकिएन कालोपत्र
- दोलखाको नाम्दुमा नामखालिङ् गुम्बा निर्माण
धेरैले पढेको
- घरजग्गामा गरेको लगानी फिर्ता नहुँदा सहकारी समस्यामा
- जनता कति टुलुटुलु हेरेर बस्ने ?
- बहसमा कर्मचारी अवकाश उमेरहद
- अर्थमन्त्री पौडेलले कसरी बढाउलान् आम्दानी र पुँजीगत खर्च ?
- जाडोभर बिजुली आपूर्तिमा समस्या
- लुम्बिनी जनरल इन्स्योरेन्सले सात प्रतिशत लाभांश दिने
- बैंकहरूको लागि होम लोन नै सुरक्षित
- बढ्दो वित्तीय लगानी र घट्दो अर्थतन्त्र
तपाईको प्रतिक्रिया