Techie IT
×
गृहपृष्ठवित्त पूँजी बजारबैंक तथा वित्तीय संस्था परिसंघ र फिलिफिन्सको सीपीएससीबीच सम्झौता

बैंक तथा वित्तीय संस्था परिसंघ र फिलिफिन्सको सीपीएससीबीच सम्झौता


काठमाडौं । बैंक तथा वित्तीय संस्था परिसंघ (सीबीफिन) र फिलिफिन्सको मनिलास्थित कोलम्बो प्लान स्टाफ कलेज (सीपीएससी) बीच सम्झौता भएको छ ।

सम्झौतामा बैंक तथा वित्तीय संस्था परिसंघका प्रबन्ध निर्देशक डा. बिनोद आत्रेय र सीपीएससीका तर्फबाट महाप्रबन्धक प्रोफेसर जीएलडी वीकरमासिंघेले हस्ताक्षर गरेका छन् ।

सम्झौताको प्रमुख उद्देश्य बैंकिङ क्षेत्रमा कार्यरत रहेको जनशक्तिको दुवै संस्थाको सहकार्यमा कार्यगत क्षमता विस्तार गर्नु रहेको छ ।

उक्त सम्झौतामा हस्ताक्षर गरी परिसंघका प्रबन्धक निर्देशक डा. आत्रेयले यो सम्झौताले बैंकिङ क्षेत्रको लागि आवश्यक दक्ष जनशक्ति उत्पादनमा ठोस भूमिका खेल्ने बताए ।


क्याटेगोरी : वित्त पूँजी बजार

तपाईको प्रतिक्रिया