साधना लघुवित्तले कमायो ११ करोड ६१ लाख
काठमाडौं । साधना लघुवित्त वित्तीय संस्थाले आर्थिक वर्ष २०७८–०७९ मा ११ करोड ६१ लाख २५ हजार रुपैयाँ खुद मुनाफा कमाएको छ । अघिल्लो आवमा भने संस्थाले ११ करोड ७० लाख ९५ हजार रुपैयाँ खुद मुनाफा कमाएको थियो । हाल चुक्ता पुँजी ३२ करोड १२ लाख २५ हजार रुपैयाँ रहेको संस्थाले आर्थिक वर्ष २०७८–०७९ मा एक अर्ब ३४ करोड २१ लाख ९० हजार रुपैयाँ निक्षेप संकलन गरी पाँच अर्ब ३९ करोड तीन लाख छ हजार रुपैयाँ कर्जा प्रवाह गरेको छ ।
यस अवधिमा २८ करोड ८७ लाख ७७ हजार रुपैयाँ खुद ब्याज आम्दानी गरेको संस्थाको प्रोभिजन रकम दुई करोड ५१ लाख ३९ हजार रुपैयाँ रहेको छ भने निष्क्रिय कर्जाको अनुपात एक दशमलव ९२ प्रतिशत रहेको थियो ।
गत आवमा भने संस्थाले ८३ करोड ५२ लाख २३ हजार रुपैयाँ निक्षेप संकलन गरी तीन अर्ब २६ करोड ४९ लाख आठ हजार रुपैयाँ कर्जा प्रवाह गरेको थियो । उक्त अवधिमा २४ करोड २६ लाख ६८ हजार रुपैयाँ खुद ब्याज आम्दानी गरेको संस्थाको प्रोभिजन रकम तीन करोड ७४ लाख ११ हजार रुपैयाँ रहेको थियो भने निष्क्रिय कर्जाको अनुपात दुई दशमलव शून्य दुइ प्रतिशत रहेको थियो ।
क्याटेगोरी : वित्त पूँजी बजार
ताजा अपडेट
- सिटिजन्स बैंकको प्रमुख कार्यकारीमा पोखरेलको निरन्तरता
- ‘घर बीमालाई अनिवार्य गरौँ’
- बिम्स्टेक राष्ट्रमा साझा सडक सञ्जाल बनाउन चेम्बरको प्रस्ताव
- ‘उच्च ब्याजदरले समग्र मागमा उच्च संकुचन, उद्योगी व्यवसायीको मनोबल घट्यो’
- अस्ट्रेलियाले नयाँ नोटमा बेलायती राजपरिवारको तस्बिर नछाप्ने
- चीन घेर्दै अमेरिका
- बैंकिङ कसुर मुद्दाका चार जना फरार प्रतिवादीहरू विभिन्न स्थानबाट पक्राउ
- ७० प्रतिशतसम्मको छुटसहित बिजबजारको माघ महिनाको ‘२० मा बीज’
धेरैले पढेको
- घरजग्गामा गरेको लगानी फिर्ता नहुँदा सहकारी समस्यामा
- बहसमा कर्मचारी अवकाश उमेरहद
- जनता कति टुलुटुलु हेरेर बस्ने ?
- अर्थमन्त्री पौडेलले कसरी बढाउलान् आम्दानी र पुँजीगत खर्च ?
- लुम्बिनी जनरल इन्स्योरेन्सले सात प्रतिशत लाभांश दिने
- जाडोभर बिजुली आपूर्तिमा समस्या
- बढ्दो वित्तीय लगानी र घट्दो अर्थतन्त्र
- व्यवसायी मुुरारका र राठीको पोस्ता आयातको लाइसेन्स लिने प्रयास असफल
तपाईको प्रतिक्रिया