ग्लोबल आईएमई बैंक र त्रिभुवन विश्वविद्यालय आयुर्वेद क्याम्पसको सहकार्यमा वृक्षरोपण
काठमाडौं । ग्लोबल आईएमई बैंक र त्रिभुवन विश्वविद्यालयको सहकार्यमा विश्वविद्यालय क्याम्पस तथा आयुर्वेद शिक्षण अस्पताल परिसरमा वृक्षरोपण कार्यक्रम सम्पन्न गरिएको छ ।
वृक्षरोपण कार्यक्रमको समुद्घाटन त्रिभुवन विश्वविद्यालय आयुर्वेद क्याम्पस प्रमुख प्राडा शिव मंगल प्रसाद तथा ग्लोबल आईएमई बैंक कीर्तिपुर शाखा प्रबन्धक शोभा न्यौपानेले संयुक्तरूपमा बिरुवा रोपेर गरेका थिए । विश्वविद्यालय आयुर्वेद क्याम्पस तथा आयुर्वेद शिक्षण अस्पताल परिसरको हरियाली दृश्य र स्वच्छ विश्वविद्यालय परिसर निर्माणको अभियानअन्तर्गत क्याम्पस परिसर तथा शिक्षण अस्पताल भवनदेखि मूल सडकसम्म चाँप, राजवृक्ष, पारिजात, शिरीष, अमलालगायत विभिन्न प्रजातिका बिरुवा रोपण गरी बिरुवाको सुरक्षाको लागि ‘ट्रि गार्ड’ समेत लगाइएको छ । कार्यक्रममा विश्वविद्यालयको आयुर्वेद क्याम्पस प्रमुख प्राडा शिव मंगल प्रसाद, त्रिभुवन विश्वविद्यालयका कानुनी सल्लाहकार नारायण खनाल, आयुर्वेद क्याम्पस तथा शिक्षण अस्पतालका कार्यकारी निर्देशक डा. विनोद कुमार सिंह, प्रशासकीय प्रमुख कुमार केसी, प्राध्यापक, कर्मचारी, विद्यार्थी तथा बैंकका कर्मचारीहरूको सहभागिता रहेको थियो ।
बैंकले स्थापनाकालदेखि नै संस्थागत सामाजिक उत्तरदायित्वलाई प्राथमिकतामा राखेर यस किसिमका विभिन्न सामाजिक कार्यहरूलाई निरन्तरता दिँदै आएको छ । ग्लोबल आईएमई बैंक मुलुकका ७७ वटै जिल्लामा शाखा सञ्जाल रहेको निजी क्षेत्रको पहिलो वाणिज्य बैंक हो । बैंकले दुई सय ९० वटा शाखा, दुई सय ७३ वटा एटीएम, दुई सय ७५ शाखारहित बैंकिङ सेवा, ५१ एक्सटेन्सन तथा राजस्व संकलन काउन्टर तथा तीनवटा वैदेशिक प्रतिनिधि कार्यालय समेत गरी आठ सय ९० भन्दा बढी सेवा केन्द्रबाट ३० लाखभन्दा बढी ग्राहकहरूमाझ सेवा प्रदान गरिरहेको छ । त्यसैगरी बैंकले संयुक्त राज्य अमेरिका, संयुक्त अधिराज्य, क्यानडा, अष्ट्रेलिया, मलेसिया, दक्षिण कोरिया, जापान, साउदी अरेबिया, कतार, यूएई, बहराइन, कुबेत, भारत, जोर्डन, हङकङलगायतका मुलुकबाट रेमिट्यान्स भित्र्याउँदै देशको अर्थ व्यवस्थामा महत्वपूर्ण योगदान पु-याउँदै आइरहेको छ ।
क्याटेगोरी : वित्त पूँजी बजार
ताजा अपडेट
- सिटिजन्स बैंकको प्रमुख कार्यकारीमा पोखरेलको निरन्तरता
- ‘घर बीमालाई अनिवार्य गरौँ’
- बिम्स्टेक राष्ट्रमा साझा सडक सञ्जाल बनाउन चेम्बरको प्रस्ताव
- ‘उच्च ब्याजदरले समग्र मागमा उच्च संकुचन, उद्योगी व्यवसायीको मनोबल घट्यो’
- अस्ट्रेलियाले नयाँ नोटमा बेलायती राजपरिवारको तस्बिर नछाप्ने
- चीन घेर्दै अमेरिका
- बैंकिङ कसुर मुद्दाका चार जना फरार प्रतिवादीहरू विभिन्न स्थानबाट पक्राउ
- ७० प्रतिशतसम्मको छुटसहित बिजबजारको माघ महिनाको ‘२० मा बीज’
धेरैले पढेको
- घरजग्गामा गरेको लगानी फिर्ता नहुँदा सहकारी समस्यामा
- बहसमा कर्मचारी अवकाश उमेरहद
- जनता कति टुलुटुलु हेरेर बस्ने ?
- अर्थमन्त्री पौडेलले कसरी बढाउलान् आम्दानी र पुँजीगत खर्च ?
- जाडोभर बिजुली आपूर्तिमा समस्या
- लुम्बिनी जनरल इन्स्योरेन्सले सात प्रतिशत लाभांश दिने
- बढ्दो वित्तीय लगानी र घट्दो अर्थतन्त्र
- बैंकहरूको लागि होम लोन नै सुरक्षित
तपाईको प्रतिक्रिया