Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारछिटो पैसा र पठाओबीच सम्झौता

छिटो पैसा र पठाओबीच सम्झौता


काठमाडौं । राइड सेयरिङ प्लेटफर्म पठाओले डिजिटल वालेट छिटो पैसासँग सहकार्य गरेको छ । पठाओ नेपाल प्रालिका निर्देशक शशांक समशेर थापा र छिटो पैसा प्रालि (डिजिटल वालेट)का सहसंस्थापक प्रविन रेग्मीले सम्झौतापत्रमा हस्ताक्षर गरेका हुन् ।

उक्त वालेट एप प्रयोग गर्दा सेवाग्राहीले सजिलै राइडर, फुडम्यान र क्याप्टेनलाई सोही एपमार्फत रकम भुक्तानी गर्ने र राइडर, फुडम्यान र क्याप्टेनले पनि सोही एपबाटै पठाओलाई दिनुपर्ने रकम भुक्तानी गर्न सकिने व्यवस्था गरिएको छ । २५ सेप्टेम्बर २०१८ देखि बाइकमा राइड सेयरिङमार्फत सेवा सुरु गरेको पठाओले चारवर्षे यात्रा पूरा गरेको छ । काठमाडौं उपत्यकामा निकै लोकप्रिय भएको पठाओले चितवनमा पनि सेवा सुरु गरेको छ । पठाओले बाइकबाहेक ट्याक्सी सेवा र फुड डेलिभरिको सेवा पनि दिँदै आएको छ ।


क्याटेगोरी : बैंक बित्त बजार

तपाईको प्रतिक्रिया