Techie IT
×
गृहपृष्ठवित्त पूँजी बजारबीफिन र सीपीएससीबीच सम्झौता

बीफिन र सीपीएससीबीच सम्झौता


काठमाडौं । नेपाल बैंकिङ फाइनान्स एन्ड इन्स्योरेन्स इन्स्टिच्युट (बीफिन) र फिलिपिन्सको मनिलास्थित कोलम्बो प्लान स्टाफ कलेज (सीपीएससी) बीच सम्झौता भएको छ । मंगलबार मनिलामा सीपीएसीले आयोजना गरेको एक समारोहबीच दुई पक्ष रणनीतिक सम्झौतामा प्रवेश गरेका हुन् । सम्झौतमा बीफिनका प्रवन्ध निर्देशक डा. विनोद आत्रेय र सीपीएससीका महानिर्देशक प्राध्यापक जीएलडी विक्रमासिंघेले हस्ताक्षर गरेका थिए ।

Open photo

यस रणनीतिक सम्झौताको उद्देश्य दुवै संस्थाको कार्यक्षेत्रभित्र पर्ने विविध संस्थाका कर्मचारीको क्षमता विकासको क्षेत्रमा मिलेर काम गर्नु रहेको छ । यस सहकार्यले कयौँ सदस्य देशमा मानव संसाधन विकासमा मदत मिल्ने डा. आत्रेयले बताए । दुवै संगठनको पारस्परिक हित तथा रुचिको क्षेत्रमा तालिमको आयोजना गरिने र नेपालमा अन्तर्राष्ट्रिय तालिम कार्यक्रमको आयोजना गर्ने प्रस्ताव पनि उनले गरेका छन् । यस सहकार्यप्रति प्राध्यापक विक्रमासिंघेले आफ्नो खुसी व्यक्त गरेका थिए । मनिलामा कार्यक्रमहरू सञ्चालन गर्न आफूले सहायता गर्ने पनि उनले आश्वस्त पारेका थिए ।


क्याटेगोरी : वित्त पूँजी बजार

तपाईको प्रतिक्रिया