सूर्योदय वोमी लघुवित्तको नाफा १३ करोड ९६ लाख
काठमाडौं । सूूर्योदय वोमी लघुवित्त वित्तीय संस्थाले आर्थिक वर्ष २०७८–०७९ मा १३ करोड ९६ लाख ३७ हजार रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ । अघिल्लो आवमा भने संस्थाको यस्तो नाफा १६ करोड पाँच लाख ३९ हजार रुपैयाँ रहेको थियो ।
हाल चुक्ता पुँजी ७९ करोड १९ लाख ८४ हजार रुपैयाँ रहेको संस्थाले आव २०७८–०७९ मा चार अर्ब २७ करोड ९८ लाख २९ हजार रुपैयाँ निक्षेप संकलन गरी १० अर्ब ७३ करोड ८४ लाख ४० हजार रुपैयाँ कर्जा प्रवाह गरेको छ । सो अवधिमा ४६ करोड ७६ लाख सात हजार रुपैयाँ खुद ब्याज आम्दानी गरेको संस्थाको प्रोभिजन रकम चार करोड ५३ लाख ३३ हजार रुपैयाँ रहेको छ भने निष्क्रिय कर्जाको अनुपात तीन दशमलव ४६ प्रतिशत रहेको छ ।
अघिल्लो आवमा भने संस्थाले एक अर्ब ६३ करोड ५० लाख ६६ हजार रुपैयाँ निक्षेप संकलन गरी चार अर्ब ५४ करोड ६७ लाख रुपैयाँ कर्जा प्रवाह गरेको थियो । उक्त अवधिमा ३२ करोड १० लाख दुई हजार रुपैयाँ खुद ब्याज आम्दानी गरेको संस्थाको प्रोभिजन रकम एक करोड ६७ लाख ७२ हजार रुपैयाँ रहेको थियो भने निष्क्रिय कर्जाको अनुपात दुई दशमलव आठ प्रतिशत रहेको थियो ।
क्याटेगोरी : वित्त पूँजी बजार
ताजा अपडेट
- नौ वाणिज्य बैंक कारबाहीमा
- १० वर्षसम्म मुआब्जा विवादमै रुमलियो सरकारको महत्वाकांक्षी बूढीगण्डकी आयोजना
- फागुनबाट कुलेखानी–फर्पिङ्ग, कुलेखानी–दक्षिणकाली दुवै सडक खण्ड बन्द हुने
- टर्की र सिरियामा भूकम्पबाट मर्नेको संख्या ११ हजार नाघ्यो
- सेयर बजारमा तीव्र उतारचढाव
- अपि पावरले पायो ४० प्रतिशत हकप्रद निष्काशन गर्न सहमति
- एसियन हाइड्रोपावर कम्पनीले साधारण सेयर निष्काशन गर्ने
- रिलायन्स लाइफको पुनर्जागरण अभियान
धेरैले पढेको
- बहसमा कर्मचारी अवकाश उमेरहद
- जनता कति टुलुटुलु हेरेर बस्ने ?
- अर्थमन्त्री पौडेलले कसरी बढाउलान् आम्दानी र पुँजीगत खर्च ?
- घरजग्गामा गरेको लगानी फिर्ता नहुँदा सहकारी समस्यामा
- लुम्बिनी जनरल इन्स्योरेन्सले सात प्रतिशत लाभांश दिने
- व्यवसायी मुुरारका र राठीको पोस्ता आयातको लाइसेन्स लिने प्रयास असफल
- बढ्दो वित्तीय लगानी र घट्दो अर्थतन्त्र
- जाडोभर बिजुली आपूर्तिमा समस्या
तपाईको प्रतिक्रिया