नेसनल माइक्रोफाइनान्स र समीट लघुवित्त मर्ज हुने
काठमाडौं । नेसनल माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था र समीट लघुवित्त वित्तीय संस्था मर्ज हुने भएका छन् । मर्जरका लागि दुवै संस्थाहरूले बुधबार सम्झौता गरेका छन् । मर्जरसम्बन्धी सम्झौतामा हस्ताक्षर गरेकै कारण संस्थाको बिहीबारबाट सेयर कारोबार रोक्का भएको छ । नेप्सेका अनुसार बैंक तथा वित्तीय संस्था एक आपसमा गाभ्ने तथा गाभिने (मर्जर तथा एक्विजिसन) सम्बन्धी नियमावली २०६३ को विनियम ६(१) अनुसार यी दुई संस्थाको सेयर कारोबार रोक्का गरिएको हो ।
दुवै संस्थाहरूले बुधबार मर्जरसम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर गरेका थिए । नेपाल इन्भेष्टमेन्ट बैंक, कुमारी बैंकलगायत दशवटा बैंक तथा वित्तीय संस्थाद्वारा प्रवद्र्धित नेसनल माइक्रोफाइनान्स र समीट लघुवित्त वित्तीय संस्था लिमिटेडबीच संस्थालाई थप सबल, सक्षम र दिगोरूपमा अगाडि बढाउनका लागि दुवै संस्थाहरूलाई एक आपसमा गाभ्ने/गाभिने(मर्जर) सम्बन्धमा दुवै संस्थाका सञ्चालक समितिका अध्यक्षहरूले प्रारम्भिक समझदारीपत्रमा हस्ताक्षर गरेका हुन् । आपसी समझदारीअनुसार समीट लघुवित्त वित्तीय संस्था लिमिटेडको मर्जर स्वाप रेसियो अनुपात ८२ रुपैयाँ (अर्थात् समीट लघुवित्त वित्तीय संस्था लिमिटेडको एक सय कित्ता सेयरबराबर नेसनल माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडको ८२ कित्ता) कायम हुने र मर्जरपश्चात् संस्थाको सञ्चालक समितिको अध्यक्षमा नेसनल माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाका अध्यक्ष श्री केशवप्रसाद आचार्य र प्रमुुख कार्यकारी अधिकृतमा राम बहादुर यादव रहने सहमति भएको छ ।
मर्जरपश्चात् हुने संस्थाको नाम नेसनल समीट माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेड हुने त्यसैगरी संस्थाको चुक्तापुँजी एक अर्बभन्दा बढी कायम हुने र ग्राहक सदस्य संस्या दुई लाखभन्दा बढी पुग्नेछ । यसैगरी मर्जरपश्चात् लगानीमा रहेको कर्जा रकम १७ अर्बभन्दा बढी हुने र संस्थाको शाखा सञ्जाल देशको सातै प्रदेशको ७४ जिल्लाहरूमा विस्तार भई कुल शाखा संख्या दुई सय चार वा पुग्नेछ ।
क्याटेगोरी : वित्त पूँजी बजार
ताजा अपडेट
- सेयर बजारमा तीव्र उतारचढाव
- अपि पावरले पायो ४० प्रतिशत हकप्रद निष्काशन गर्न सहमति
- एसियन हाइड्रोपावर कम्पनीले साधारण सेयर निष्काशन गर्ने
- रिलायन्स लाइफको पुनर्जागरण अभियान
- दुई हजार कर्मचारी कटौती गर्दै बोइङ
- पर्यटन संसदीय समिति गठन गर्न सभामुखलाई परिसंघको आग्रह
- कृषिमा अब कहिल्यै त्यस्तो नहोस्
- धार्मिक पर्यटन प्रवर्द्धनमा देवघाटको महत्व
धेरैले पढेको
- जनता कति टुलुटुलु हेरेर बस्ने ?
- बहसमा कर्मचारी अवकाश उमेरहद
- घरजग्गामा गरेको लगानी फिर्ता नहुँदा सहकारी समस्यामा
- अर्थमन्त्री पौडेलले कसरी बढाउलान् आम्दानी र पुँजीगत खर्च ?
- लुम्बिनी जनरल इन्स्योरेन्सले सात प्रतिशत लाभांश दिने
- व्यवसायी मुुरारका र राठीको पोस्ता आयातको लाइसेन्स लिने प्रयास असफल
- बढ्दो वित्तीय लगानी र घट्दो अर्थतन्त्र
- जाडोभर बिजुली आपूर्तिमा समस्या
तपाईको प्रतिक्रिया