Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारसिद्धार्थ बैंकद्वारा कोशी अस्पताललाई तीन थान हेमोडायलाइसिस मेसिन हस्तान्तरण

सिद्धार्थ बैंकद्वारा कोशी अस्पताललाई तीन थान हेमोडायलाइसिस मेसिन हस्तान्तरण


काठमाडौं । सिद्धार्थ बैंक लिमिटेडले शुक्रबार विराटनगरस्थित कोशी अस्पताललाई तीन थान हेमोडायलाइसिस मेसिनहरू हस्तान्तरण गरेको छ । बैंकका सञ्चालक समितिका सदस्य नरेन्द्र कुमार अग्रवालले सो मेसिन कोशी अस्पतालका मेडिकल सुपरीटेन्डेन्ट डा. लक्ष्मी नारायण यादवलाई हस्तान्तरण गरेका छन् ।

कोशी अस्पतालमा आयोजित उक्त हस्तान्तरण कार्यक्रममा भिम घिमिरे, सुरेश शर्मा, जगदिश प्रसाद अग्रवाल, राजेन्द्र राउत, ताराचन्द खेतानलगायतका वरिष्ठ उद्योगपति एवं समाजसेवीहरू र बैंकका प्रमुख कार्यकारी अधिकृत सुन्दर प्रसाद कडेल, प्रदेश प्रमुख कमल बस्नेतलगायत अन्य प्रतिनिधिहरू तथा अस्पतालका प्रतिनिधिहरूको समेत उपस्थिति रहेको थियो । उक्त हेमोडायलाइसीस मेसिन कोशी अस्पतालले अस्पतालमा आउने बिरामीहरूको उपचारका लागि प्रयोग गर्नेछ । बैंकले पु-याएको सो सहयोगबाट मिर्गौला रोग भएका व्यक्तिहरूलाई डायलाइसिस सेवा प्रदान गर्न मदत पुग्ने विश्वास बैंकले लिएको छ ।

कार्यक्रममा बोल्दै कोशी अस्पतालका मेडिकल सुपरीटेन्डेन्ट डा. लक्ष्मी नारायण यादवले हेमो डायलाइसिस मेसिनको उपयोगिता, प्रयोग र आवश्यकताबारेमा चर्चा गरेका थिए । बैंकद्वारा हस्तान्तरण गरिएका डायलाइसिस मेसिनहरूको अधिकतम उपयोग गरिने सम्बन्धमा प्रतिबद्धता समेत व्यक्त गरे ।

बैंकले विभिन्न सामाजिक कार्यहरूमा सहभागिता जनाउँदै आएको बारेमा बैंक सञ्चालक नरेन्द्र कुमार अग्रवालले जानकारी गराएका थिए भने आगामी दिनहरूमा पनि यस्ता सामाजिक कार्यहरूलाई सधैँ आफ्नो उच्च प्राथमिकतामा राखी निरन्तरता दिँदै जाने उद्देश्य बैंकको रहेको समेत जानकारी गराएका थिए ।


क्याटेगोरी : बैंक बित्त बजार

तपाईको प्रतिक्रिया