Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारबजार परिसूचक एक हजार आठ सय ७० दशमलव ६३ विन्दुमा

बजार परिसूचक एक हजार आठ सय ७० दशमलव ६३ विन्दुमा

सातामा तीन अर्ब ८८ करोड २७ लाख ३८ हजार रुपैयाँको सेयर खरिदबिक्री


काठमाडौं । यस साता सेयरबजार परिसूचक एक हजार आठ सय ७० दशमलव ६३ विन्दुमा कायम रहेको छ । यसैगरी क वर्गका कम्पनीहरूको कारोबार मापन गर्ने सेन्सिटिभ इन्डेक्स पनि तीन सय ६७ दशमलव १४ विन्दुमा सीमित भएको छ ।

यस साता धितोपत्र बजारमा दुई सय ३३ वटा कम्पनीहरूको सेयर कारोबार भएका छन् । जसअनुसार ७६ हजार चार सय ९१ पटकको कारोबरमा एक करोड २२ लाख ४० हजार चार सय ११ कित्ता सेयर खरिदबिक्री हुँदा कुल कारोबार रकम तीन अर्ब ८८ करोड २७ लाख ३८ हजार पाँच सय ५३ रुपैयाँ पुगेको छ । यो कारोबार रकम गत साताको तुलनामा झण्डै एक अर्ब रुपैयाँले बढी हो ।

गत साता अर्थात् दशैँअघि भने धितोपत्र बजारमा दुई सय २९ वटा कम्पनीहरूको सेयर कारोबार भएका थिए । जसअनुसार ६५ हजार साता सय ३१ पटकको कारोबरमा ९२ लाख ८४ हजार एक सय २८ कित्ता सेयर खरिदबिक्री हुँदा कुल कारोबार रकम दुई अर्ब ८५ करोड ३३ लाख नौ हजार चार सय ९३ रुपैयाँ पुगेको थियो । यस साता नेप्सेको नियमित कारोबार कक्ष सातामा पाँच कार्यदिन नै खुला रहेको थियो । सोअनुसार पहिलो, चौथो र पाँचौँ दिन बजार परिसूचक उकालो लागेको थियो भने दोस्रो र तेस्रो दिन बजार परिसूचक ओरालो लागेको थियो ।

जसमध्ये पहिलो कारोबार दिन बजार परिसूचक ४४ दशमलव ६२ अंकले उकालो लागेर एक हजार आठ सय ९८ दशमलव ३८ विन्दुमा चढेकोमा क वर्गका कम्पनीहरूको कारोबार मापन गर्ने सेन्सिटिभ इन्डेक्स पनि आठ दशमलव ७८ अंकले उकालो लागेर तीन सय ७२ दशमलव २१ विन्दुमा चढेको थियो । दोस्रो कारोबार दिन भने बजार परिसूचक २७ दशमलव १६ अंकले ओरालो लागेर एक हजार आठ सय ७१ दशमलव २२ विन्दुमा झरेकोमा क वर्गका कम्पनीहरूको कारोबार मापन गर्ने सेन्सिटिभ इन्डेक्स पनि पाँच दशमलव ३६ अंकले ओरालो लागेर तीन सय ६६ दशमलव ८४ विन्दुमा झरेको थियो ।

तेस्रो कारोबार दिन पनि बजार परिसूचक १६ दशमलव छ अंकले ओरालो लागेर एक हजार आठ सय ५५ दशमलव १६ विन्दुुमा झरेकोमा क वर्गका कम्पनीहरूको कारोबार मापन गर्ने सेन्सिटिभ इन्डेक्स पनि तीन दशमलव २१ अंकले ओरालो लागेर तीन सय ६३ दशमलव ६३ विन्दुमा झरेको थियो ।

चौथो कारोबार दिन भने बजार परिसूचक ११ दशमलव ३२ अंकले उकालो लागेर एक हजार आठं सय ६६ दशमलव ४८ विन्दुुमा चढेकोमा सेन्सिटिभ इन्डेक्स पनि दुई दशमलव ५६ विन्दुले उकालो लागेर तीन सय ६६ दशमलव १९ विन्दुमा चढेको थियो । पाँचौँ कारोबार दिन पनि बजार परिसूचक चार दशमलव १५ अंकले उकालो लागेर एक हजार आठ सय ७० दशमलव ६३ विन्दुुमा चढेकोमा सेन्सिटिभ इन्डेक्स पनि शून्य दशमलव ९५ विन्दुले उकालो लागेर तीन सय ६७ दशमलव १४ विन्दुमा चढेको थियो ।

यस साता बढी रकम कारोबार गर्ने कम्पनीहरूको सूचीमा शिवम् सिमेन्ट, नेसनल हाइड्रोपावर कम्पनी, नेपाल टेलिकम आदि अगाडि परेका छन् भने सेयर कारोबार भएको संख्याको आधारमा शिवम् सिमेन्ट, नेपाल टेलिकम, नेसनल हाइड्रोपावर कम्पनी, आदि अगाडि परेका छन् । यसैगरी बजार पुँजीकरणको आधारमा भने यस साता पनि नेपाल टेलिकम, नबिल बैंक, नेपाल लाइफ इन्स्योरेन्स कम्पनी आदि परेका छन् । 


क्याटेगोरी : बैंक बित्त बजार

तपाईको प्रतिक्रिया