Techie IT
×
गृहपृष्ठवित्त पूँजी बजारराष्ट्र उत्थान लघुवित्तको खुद मुनाफा बढ्यो

राष्ट्र उत्थान लघुवित्तको खुद मुनाफा बढ्यो


काठमाडौं । राष्ट्र उत्थान लघुवित्त वित्तीय संस्थाको खुद मुनाफा बढेको छ । संस्थाले आर्थिक बर्ष २०७८–०७९ मा छ करोड ४५ लाख दुई हजार रुपैयाँ खुद मुनाफा कमाएको छ । अघिल्लो आवमा भने संस्थाले चार करोड ७१ लाख नौ हजार रुपैयाँ खुद मुनाफा कमाएको थियो ।

हाल चुक्ता पुँजी २६ करोड रुपैयाँ रहेको संस्थाले आव २०७८–०७९ मा ८२ करोड ८४ लाख ९८ हजार रुपैयाँ निक्षेप संकलन गरी तीन अर्ब २८ करोड ७६ लाख ११ हजार रुपैयाँ कर्जा प्रवाह गरेको छ । सो अवधिमा २२ करोड आठ लाख ५६ हजार रुपैयाँ खुद ब्याज आम्दानी गरेको संस्थाको प्रोभिजन रकम १९ लाख ९४ हजार रुपैयाँ रहेको छ भने निष्क्रिय कर्जाको अनुपात एक दशमलव ११ प्रतिशत रहेको छ ।

अघिल्लो आवमा भने संस्थाले ६४ करोड छ लाख ५० हजार रुपैयाँ निक्षेप संकलन गरी दुई अर्ब ५८ करोड ५२ लाख १६ हजार रुपैयाँ कर्जा प्रवाह गरेको थियो । उक्त अवधिमा १८ करोड ९२ लाख ३९ हजार रुपैयाँ खुद ब्याज आम्दानी गरेको संस्थाको प्रोभिजन रकम एक करोड ६४ लाख ७३ हजार रुपैयाँ रहेको थियो भने निष्क्रिय कर्जाको अनुपात एक दशमलव २१ प्रतिशत रहेको थियो । 


क्याटेगोरी : वित्त पूँजी बजार

तपाईको प्रतिक्रिया