Techie IT
×
गृहपृष्ठवित्त पूँजी बजारराष्ट्र बैंकद्वारा कुमारी बैंकको लाभांशको प्रस्ताव स्वीकृत

राष्ट्र बैंकद्वारा कुमारी बैंकको लाभांशको प्रस्ताव स्वीकृत


काठमाडौं । नेपाल राष्ट्र बैंकले कुमारी बैंकको सञ्चालक समितिको बैठकले प्रस्ताव गरेको लाभांश वितरणको प्रस्तावित लाभांश स्वीकृत गरेको छ ।

राष्ट्र बैंकका अनुसार कुमारीले प्रस्ताव गरेको आर्थिक वर्ष २०७८/७९ को लागि १२ दशमलव पाँच प्रतिशत नगद लाभांश प्रस्ताव गरेको थियो । सोही प्रस्ताव स्वीकृत गरेको राष्ट्र बैंकले जानकारी दिएको छ ।

राष्ट्र बैंकद्वारा स्वीकृत उक्त लाभांश बैंकको आगामी वार्षिक साधारणसभाबाट पारित भएपछि कार्यान्वयनमा आउनेछ । 


क्याटेगोरी : वित्त पूँजी बजार

तपाईको प्रतिक्रिया