Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारबैंक अफ काठमाण्डूले झण्डै २१ प्रतिशत लाभांश दिने

बैंक अफ काठमाण्डूले झण्डै २१ प्रतिशत लाभांश दिने


काठमाडौं । बैंक अफ काठमाण्डू (बीओके)ले झण्डै २१ प्रतिशत लाभांश वितरण गर्ने भएको छ । बैंकको आइतबार बसेको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्षको खुद मुनाफामध्येबाट आफ्ना सेयरधनीहरूलाई २० दशमलव ९५ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको हो ।

बैंकले हाल कायम रहेको चुक्ता पुँजीमध्येबाट छ प्रतिशत बोनस सेयर लाभांशमा लाग्ने कर प्रयाजनार्थ समेत गरी १४ दशमलव ९५ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । लाभांश वितरणसम्बन्धी उक्त प्रस्ताव नेपाल राष्ट्र बैैंकको स्वीकृति एवं बैंकको आगामी वार्षिक साधारणसभाबाट पारित भएपछि कार्यान्वयनमा आउनेछ । 


क्याटेगोरी : बैंक बित्त बजार

तपाईको प्रतिक्रिया