Techie IT
×
गृहपृष्ठवित्त पूँजी बजारएनसीसी बैंकद्वारा ११ प्रतिशत लाभांश वितरणको घोषणा

एनसीसी बैंकद्वारा ११ प्रतिशत लाभांश वितरणको घोषणा


काठमाडौं । नेपाल क्रेडिट एन्ड कर्मस बैंक (एनसीसी)ले ११ प्रतिशत लाभांश वितरणको घोषणा गरेको छ । बैंकको शनिबार सम्पन्न भएको सञ्चालक समितिको नौ सय १०औँ बैठकले वितरणयोग्य रकमबाट आफ्ना सेयरधनीहरूलाई बोनस तथा नगद समेत गरी उक्त अनुपातमा लाभांश वितरण गर्ने घोषणा गरेको हो ।

सोअनुसार हाल कायम रहेको चुक्ता पुँजी ११ अर्ब १३ करोड ९६ लाख ७८ लाख १४ रूपैयाँमध्येबाट तीन दशमलव ३६ प्रतिशतले हुनआउने ३७ करोड ५० लाख रुपैयाँबराबरको बोनस सेयर र चुक्ता पुँजीको सात दशमलव ६३ प्रतिशतले हुन आउने ८५ करोड तीन लाख ६४ हजार पाँच सय ८२ रुपैयाँबराबरको नगद लाभांश वितरण गर्ने घोषणा गरेको हो । घोषित लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृति एवं बैंकको आगामी वार्षिक साधारणसभाबाट पारित भएपछि कार्यान्वयनमा आउने जानकारी बैंकले दिएको छ ।


क्याटेगोरी : वित्त पूँजी बजार

तपाईको प्रतिक्रिया