Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजार‘सानिमा थ्री इन वान’ खातामा सुविधा थप

‘सानिमा थ्री इन वान’ खातामा सुविधा थप


काठमाडौं । सानिमा बैंकले आफ्ना ग्राहकहरूलाई सेयर कारोबार प्रक्रियामा थप सहजता र सरलता प्रदान गर्न ‘थ्री इन वान’ खाताको प्रणाली परिष्कृत गरेको छ । ग्राहकहरूको सुविधालाई मध्यनजर गर्दै थ्री इन वान खाताको अनलाइन फारम भर्दा ग्राहकहरूले बैंक खाता, डिम्याट खाता र ट्रेडिङ खाताका साथै सि आस्वा र मेरो सेयरको आवेदन पनि दिन सक्नेछन् । साथै, थ्री इन वान पोर्टलको ड्यास बोर्डमा बैंकले सहज र सरल प्रक्रियाका लागि विभिन्न जानकारीहरू लिन मिल्ने व्यवस्था गरिएको छ । यो खाता खोल्न ग्राहकहरूले घरमै बसी सानिमा बैंकको वेबसाइटमार्फत आवेदन दिन सक्नेछन् । खाता भइसकेका ग्राहकले समेत यसबाट सी–आस्वा तथा मेरो सेयरको सुविधा लिन सक्नेछन् ।

सानिमा क्यापिटल र सानिमा बैंकले संयुक्तरूपमा सञ्चालनमा ल्याएको यस खातामा ग्राहकहरूले अनलाइनमार्फत दोस्रो बजारबाट सेयर खरिद र बिक्री गर्न सक्नेछन् । यो खाता खोल्नका लागि सानिमा बैंकका नयाँ तथा पुराना ग्राहकले बैंकको वेबसाइटबाट थ्री इन वान एकाउन्टमा क्लिक गरी आवश्यक विवरण भरी आवेदन दिनुपर्नेछ । आईपीओमार्फत सेयर खरिद गरेका ग्राहकहरू समेत केही प्रक्रियाहरू पूरा गरी सानिमा थ्री इन वान खातामार्फत सजिलै सेयर बिक्री गर्न मिल्ने सुविधा यस खातामा रहेको छ । सानिमा बैंककोे सातै प्रदेशमा एक सय २९ वटा शाखा कार्यालयहरू र एक सय २२ वटा एटीएम सञ्जालहरू रहेका छन् ।


क्याटेगोरी : बैंक बित्त बजार

तपाईको प्रतिक्रिया