कुमारी बैंकद्वारा वार्षिक साधारणसभा आह्वान
काठमाडौं । कुमारी बैंकले वार्षिक साधारणसभाको आह्वान गरेको छ । बैंकले यही कात्तिक २१ गते आफ्नो २२औँ वार्षिक साधारणसभाको आह्वान गरेको हो ।
वार्षिक साधारणसभामार्फत बैंकले गत आर्थिक वर्षको खुद मुनाफामध्येबाट १२ दशमलव ५० प्रतिशत लाभांश वितरणको प्रस्ताव पारित गर्ने तयारी गरेको छ । वार्षिक साधारणसभासम्बन्धी प्रयोजनको लागि बैंकको यही कात्तिक १४ गते सेयर दाखिला तथा खारेजी बन्द हुनेछ । सोही सभामार्फत बैंकले मर्जरका लागि सञ्चालकले गठन गरेको समितिको कार्य अनुमोदन गर्ने, नयाँ मर्जर समिति बनाउने, डीडीए गराउनेलगायतका काम गर्न सञ्चालक समितिलाई अख्तियारी दिने प्रस्ताव पारित गर्नेछ । कुमारी बैंक र नेपाल क्रेडिट एन्ड कमर्स बैंक एक आपसमा मर्जरमा जान प्रारम्भिक सम्झौता भइसकेको छ ।
क्याटेगोरी : वित्त पूँजी बजार
ताजा अपडेट
- सिटिजन्स बैंकको प्रमुख कार्यकारीमा पोखरेलको निरन्तरता
- ‘घर बीमालाई अनिवार्य गरौँ’
- बिम्स्टेक राष्ट्रमा साझा सडक सञ्जाल बनाउन चेम्बरको प्रस्ताव
- ‘उच्च ब्याजदरले समग्र मागमा उच्च संकुचन, उद्योगी व्यवसायीको मनोबल घट्यो’
- अस्ट्रेलियाले नयाँ नोटमा बेलायती राजपरिवारको तस्बिर नछाप्ने
- चीन घेर्दै अमेरिका
- बैंकिङ कसुर मुद्दाका चार जना फरार प्रतिवादीहरू विभिन्न स्थानबाट पक्राउ
- ७० प्रतिशतसम्मको छुटसहित बिजबजारको माघ महिनाको ‘२० मा बीज’
धेरैले पढेको
- बहसमा कर्मचारी अवकाश उमेरहद
- घरजग्गामा गरेको लगानी फिर्ता नहुँदा सहकारी समस्यामा
- जनता कति टुलुटुलु हेरेर बस्ने ?
- अर्थमन्त्री पौडेलले कसरी बढाउलान् आम्दानी र पुँजीगत खर्च ?
- लुम्बिनी जनरल इन्स्योरेन्सले सात प्रतिशत लाभांश दिने
- जाडोभर बिजुली आपूर्तिमा समस्या
- व्यवसायी मुुरारका र राठीको पोस्ता आयातको लाइसेन्स लिने प्रयास असफल
- बढ्दो वित्तीय लगानी र घट्दो अर्थतन्त्र
तपाईको प्रतिक्रिया