सिटिजन लाइफको पाँचौँ वार्षिकोत्सव सप्ताहव्यापी कार्यक्रम गरेर मनाइने
काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी आउने कात्तिक २ गते आफ्नो स्थापनाकालको पाँचौ वर्ष पूरा गर्दै छैटौँ वर्षमा प्रवेश गर्दै छ । कम्पनीले हरेक वर्ष आफ्नो वार्षिकोत्सवको अवसरमा संस्थागत समाजिक उत्तरदायित्व निर्वाह गर्ने क्रममा स्थानीयस्तरमा रक्तदान, निःशुल्क स्वास्थ्य शिविर, गरिब, असहाय तथा वृद्ध वृद्धालाई निःशुल्क भोजन तथा कपडा, सार्वजनिक स्थानमा सरसफाइलगायतका कार्यक्रम एवं विद्यार्थीहरूलाई पोशाक, पुस्तक, स्टेस्नरीलगायतका शैक्षिक सामग्री वितरण गरी मनाउँदै आएकोमा यस वर्ष पनि २०७८ साल, असोज ३१ गतेदेखि कात्तिक छ गतेसम्म सप्ताहव्यापी कार्यक्रममार्फत सोही प्रकारका गतिविधीहरूलाई निरन्तरता दिइने जनाएको छ ।
यति मात्र नभएर जन समुदायमा जीवन बीमाप्रतिको चेतना वृद्धी गर्न निकै अवाश्यक रहेकोले कम्पनीले यस वार्षिकोत्सवको अवसरमा विद्यार्थीसँग बीमा कार्यक्रममा, सडक -याली, फेसबुक लाइभमार्फत इन्स्योरेन्स हाजिर जवाफ प्रतियोगितालगायतका विभिन्न बीमा जागरण अभियान गर्ने योजना रहेको जनाएको छ । यसका साथै हाल नेपालका विभिन्न क्षेत्रमा डेंगी रोग निकै फैलिएको र रगतको कमी भएकोले रक्तदान कार्यक्रम विशेष प्राथमिक्तामा राखिने पनि कम्पनीले जनाएको छ । त्यसैगरी विभिन्न नगरपालिका, संघ संस्थासँगको सहकार्यमा वृक्षरोपण, सरसफाइ, निःशुल्क स्वास्थ्य शिविर, कम्पनीका विभिन्न आन्तरिक कार्यक्रमलगायतका योजनाहरू रहेको कम्पनीले जनाएको छ ।
कम्पनीका नियमित गरिने कामबाहेक कम्पनीको विशेष दिन सम्पूर्ण कर्मचारी, अभिकर्ता साथीहरूको साथमा आफ्नो घरछिमेक, समाजप्रतिको उत्तरदायित्व बोध गरी केही योगदान गर्न पाउँदा विशेष सन्तुष्टि प्राप्त हुने साथै सधैँको भन्दा भिन्न वातावरणले आपसी सहकाय र स्फूर्ति पनि बढाउने कम्पनीको विश्वास छ । कम्पनीको प्रगति सँगसँगै कम्पनीको सेवालाई थप गुणस्तरीय बनाउने र समाजप्रतिको जिम्मेवारी पूूरा गर्न सधैँ तयार रहने प्रतिबद्धता कम्पनीले जाहेर गरेको छ ।
क्याटेगोरी : वित्त पूँजी बजार
ताजा अपडेट
- अन्ततः २१ सय ९४ बिन्दुमा खुम्चियो सेयर बजार
- नबिल बैंकका ग्राहकलाई शाओमी ब्रान्डका सामानको ईएमआई सुविधा
- रिलायन्स लाइफ इन्स्योरेन्स र सन्चो हस्पिटलबीच सम्झौता
- स्टान्डर्ड चार्टर्ड बैंकले दुई अर्ब ४० करोड रुपैयाँबराबरको ऋणपत्र जारी गर्ने
- विकासको नयाँ ढाँचा स्थापनामा चिनियाँ राष्ट्रपतिको जोड
- नेत्रज्योति संघलाई जापानले स्वास्थ्य उपकरण दियो
- म्याद सकियो, सकिएन कालोपत्र
- दोलखाको नाम्दुमा नामखालिङ् गुम्बा निर्माण
धेरैले पढेको
- घरजग्गामा गरेको लगानी फिर्ता नहुँदा सहकारी समस्यामा
- जनता कति टुलुटुलु हेरेर बस्ने ?
- बहसमा कर्मचारी अवकाश उमेरहद
- अर्थमन्त्री पौडेलले कसरी बढाउलान् आम्दानी र पुँजीगत खर्च ?
- जाडोभर बिजुली आपूर्तिमा समस्या
- लुम्बिनी जनरल इन्स्योरेन्सले सात प्रतिशत लाभांश दिने
- बैंकहरूको लागि होम लोन नै सुरक्षित
- बढ्दो वित्तीय लगानी र घट्दो अर्थतन्त्र
तपाईको प्रतिक्रिया