बैंक अफ काठमाण्डूको चाडबाडलक्षित योजनामा २५ प्रतिशतसम्मको नगद फिर्ता
काठमाडौं । बैंक अफ काठमाण्डू लिमिटेडले तिहारलाई लक्षित गर्दै आफ्ना ग्राहकहरूलाई मोबाइल बैंकिङबाट क्यूआर स्क्यान गरी विद्युतीय भुक्तानी कारोबार गर्न थप प्रोत्साहित गराउने प्रयोजनले २५ प्रतिशतसम्मको नगद फिर्ता योजना सार्वजानिक गरेको छ । बैंकका अनुसार यो नगद फिर्ता योजना यही २०७९ साल कात्तिक १ गते मंगलबारबाट २०७९ साल कात्तिक ६ गते आइतबारसम्म मात्र रहनेछ ।
यस योजनाअन्तर्गत बैंकको मोबाइल बैंकिङमार्फत प्रथम पटक क्यूआर स्क्यान गरी कारोबार गर्नेे ग्राहकहरूले मात्र नगद फिर्ता पाउनेछन् । उक्त नगदफिर्ता योजनाअन्तर्गत बैंकको मोबाइल बैंकिङ प्रयोगकर्ताहरूले नगद फिर्ताको लागि योजना अवधिको प्रथम कारोबार रकमको २५ प्रतिशत वा एक सय ५० रुपैयाँसम्मको नगद फिर्ता पाउनेछन् । बैंकले यस योजनाबाट समग्र विद्युतीय कारोबारमा वृद्धि हुने विश्वास लिएको छ ।
बैंकले ग्राहकहरू तथा सेधरधनीहरूको उच्चतम लाभलाई ध्यानमा राखी विभिन्न समयमा ल्याएको विभिन्न ग्राहकमैत्री योजनाहरू तथा बैंकले अघिल्लो आर्थिक वर्षको नाफाबाट सेयरधनीहरूलाई २० दशमलव ९५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव ल्याएको छ । बैंकले प्रास्तव गरेको उच्चतम लाभांशले ग्राहकहरू तथा सेयरधनीहरूको हितलाई बैंकले सधैँ आत्मसात् गरी कार्यसम्पादन गरिरहेको अझै पुष्टि भएको छ ।
विद्युतीय कारोबारमा बैंकको ग्राहकलाई उत्प्रेरित गर्ने हेतुले बैंकले विभिन्न ई–कमर्स प्लेटफर्महरू, विभिन्न होटलहरू, रेस्टुरेन्टहरू, फिटनेस सेन्टरहरू, स्टोरहरू, अस्पतालहरू, स्वास्थ्य क्लिनिकहरू, इन्स्टिच्युटहरूमा छुटहरू प्रदान गरिरहेको र भविष्यमा पनि विभिन्न नगद फिर्ता तथा छुटको योजनाहरू ल्याई ग्राहकहरूलाई लाभाम्वित बनाउन बैंक प्रतिबद्ध रहेको छ । बैंकले एक सय तीनवटा शाखा कार्यालयहरू, ९८ एटीएम र १० एक्स्टेन्सन काउन्टरबाट आफ्ना ग्राहकहरूलाई उत्कृष्ट बैंकिङ सेवा तथा सुविधा प्रदान गर्दै आइरहेको छ ।
क्याटेगोरी : बैंक बित्त बजार
ताजा अपडेट
- एनसेल सेयर बिक्री प्रकरणको छिटो छानबिन गर
- एनआईसी बैंकद्वारा कर्जाको अधिकतम प्रिमियम दर तीन प्रतिशत कायम
- प्रधानमन्त्री र प्राधिकरणको बेइमानीमा फेरि कालोसूचीमै !
- सातदोबाटो नेपाली जुत्ताघरको उद्घाटन
- श्रीमतीको हत्या अभियोगमा पक्राउ
- बसले ठक्करबाट मोटरसाइकल चालक ३० वर्षीय युवाको मृत्यु
- उपप्रधानमन्त्री खड्का घाना प्रस्थान
- नयाँ स्टक एक्सचेन्जको लाइसेन्स वितरणमा छानबिन गर्न माग
धेरैले पढेको
- नक्कली भुटानी शरणार्थी प्रकरणमा आरजु र सिटौलालाई पक्राउ गर्न गृहमन्त्री श्रेष्ठको निर्देशन
- बहसमा कर्मचारी अवकाश उमेरहद
- अख्तियारका पूर्वआयुक्त पाठक भ्रष्टाचारी ठहर
- किन संस्थानहरू उँभो लाग्दैनन् ?
- काठमाडौं महानगरः बालेन तिमी सेलिब्रिटी हुने कि नेता ?
- बाँझो जग्गामा सामूहिक आलु खेती
- नेपालमा पर्यटन उद्योगको महत्व, समस्या र सुझाव
- अर्थमन्त्री पौडेलले कसरी बढाउलान् आम्दानी र पुँजीगत खर्च ?
तपाईको प्रतिक्रिया