Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारमहालक्ष्मी विकास बैंकको लकर सुविधामा आकर्षक योजना

महालक्ष्मी विकास बैंकको लकर सुविधामा आकर्षक योजना


काठमाडौं । ‘सबल बैंक, सफल सहकार्य’को नारालाई आत्मसात् गर्दै नेपाली जनताको घरदैलोमा विगत २८ वर्षदेखि अनवरतरूपले सरल, सहज र गुणस्तरीय वित्तीय सेवा प्रदान गर्दै आइरहेको महालक्ष्मी विकास बैंकले विशेष (महाबचत) खाता खोल्ने ग्राहकहरूको लागि लकर सुविधामा आकर्षक छुटको योजना सार्वजनिक गरेको छ । बैंककाअनुसार यो योजनाअन्तर्गत कात्तिक र मंसिर महिनामा महाबचत खाता खोल्ने ग्राहकहरूले लकर सेवाको वार्षिक शुल्क (प्रथम वर्ष)मा शतप्रतिशत छुट प्रप्त गर्न सक्नेछन् ।

बैंकका दरबारमार्ग, पुतलीसडक, न्यूरोड (काठमाडौं), भैरहवा र न्यूरोड (कास्की) शाखा कार्यालयहरूमा लकरको सुविधा रहेको छ । हाल उपलब्ध लकर संख्या सीमित रहेकाले ग्राहकको खाता खोलिएको क्रम र ग्राहकको आवश्यकता अनुसार लकर सेवा प्रदान गर्ने कुरा बैंकले जनाएको छ । यस योजनाअन्तर्गत खोलिने महाबचत खातामा लकर सुविधामा आकर्षक छुटका साथसाथै बचत खाताहरूमध्येकै सबैभन्दा उच्चतम (१० प्रतिशत) ब्याजदर, निःशुल्क एटीएम कार्ड तथा मोबाइल बैंकिङलगायतका अन्य सुविधाहरू रहेका छन् ।

विगतदेखि नै ग्राहकहरूको आम्दानीमा उच्च प्रतिफल दिन प्रतिबद्ध रहीआएको बैंकले आम ग्राहकहरूको बैंकिङ आवश्यकता तथा अपेक्षालाई मध्यनजर गर्दै लकर योजना सञ्चालनमा ल्याएको हो । बैंकले प्रदेश नं १ मा ५, प्रदेश नं २ मा १५, बाग्मती प्रदेशमा ३७, गण्डकी प्रदेशमा ९, लुम्बिनी प्रदेशमा १८, कर्णली प्रदेशमा २ र सुदूरपश्चिम प्रदेशमा १७ वटा गरी कुल एक सय तीनवटा शाखाहरूमार्फत करिब छ लाख ग्राहकहरूलाई उच्चस्तरीय वित्तीय सेवाहरू सरलीकृत तवरले प्रदान गर्दै आइरहेको छ । बैंकले ग्राहकहरूको वैदेशिक यात्राको क्रममा कारोबार थप सुरक्षित, सहज र भरपर्दो होस् भन्ने उद्देश्यले भिसा ईएमभी चिप बेस ट्राभल कार्ड, ई–कमर्स कार्ड र डलरकार्ड जारी गरिसकेको छ । समग्रमा चिप बेस ट्राभल कार्ड, ई–कमर्स कार्ड र डलर कार्ड जारी गर्ने अग्रणी तथा एकमात्र विकास बैंक : महालक्ष्मी विकास बैंक रहेको दाबी पनि बैंकले गरेको छ ।

महालक्ष्मी विकास बैंकद्वारा एक अर्ब रुपैयाँबराबरको ऋणपत्र निष्काशनको लागि आवेदन
महालक्ष्मी विकास बैंकले एक अर्ब रुपैयाँबराबरको ऋणपत्र निष्काशन गर्ने भएको छ । ऋणपत्र निष्काशनको बैंकले नेपाल धितोपत्र बोर्डमा आवेदन दिएको हो ।

बैंकका अनुसार सेयर निष्काशन एवं बिक्री प्रबन्धक एनआईसी एसिया क्यापिटल रहने गरी ऋणपत्र निष्काशनको लागि आवेदन दिइएको हो । सोअनुसार बैंकले प्रतिकित्ता एक हजार रुपैयाँ अंकित मूल्य कायम रहने गरी १० लाख कित्ता ऋणपत्र जारी गर्नेछ । सोमध्ये छ लाख कित्ता ऋणपत्र व्यक्तिगत तवरबाट र बाँकी रहेको दुई लाख कित्ता ऋणपत्र सर्वसाधारणको लागि बिक्री हुनेछ । वार्षिक ११ प्रतिशत ब्याजदर तोकिएको ऋणपत्रको परिपक्व हुने अवधि भने १० वर्षको रहेको छ ।


क्याटेगोरी : बैंक बित्त बजार

तपाईको प्रतिक्रिया