खल्तीबाट मेट लाइफको प्रिमियम भुक्तानीमा एक हजार रुपैयाँ नगद फिर्ता
काठमाडौं । खल्तीबाट मेट लाइफ इन्स्योरेन्सको प्रिमियम भुक्तानीमा एक हजार रुपैयाँ नगद फिर्ता पाइने भएको छ । ‘खल्ती’ले मेट लाइफ इन्स्योरेन्सको बीमा प्रिमियम ‘खल्ती’बाट भुक्तानी गर्ने प्रयोगकर्ताहरूका लागि अफर उपलब्ध गराएको हो । सो अफरअनुसार प्रयोगकर्ताहरूले एक हजार रुपैयाँसम्मको क्यासब्याक प्राप्त गर्नेछन् । साथै दुई भाग्यशाली बिजेताले अक्टोबरदेखि डिसेम्बर २०२२ सम्म, प्रत्येक महिना, स्मार्टब्याण्ड पनि प्राप्त गर्नेछन् ।
यो अफर डिसेम्बर ३१, २०२२ सम्म लागू हुनेछ । प्रयोगकर्ताले प्रिमियम भुक्तानीको लागि तोकिएको मितिभन्दा सात दिनभित्र भुक्तानी गर्नुपर्ने हुन्छ । साथै, खल्तीमार्फत आउने क्यास्ब्याक प्रयोगकर्ताले महिनाको अन्तिममा प्राप्त गर्नेछन् । मेट लाइफ इन्स्योरेन्सको प्रिमियम ‘खल्ती’बाट रकम भुक्तानी गर्नको लागि ‘खल्ती’ एप लगइन गरी इन्स्योरेन्स आइकनमा ट्याप गर्ने, मेट लाइफ इन्स्योरेन्स सेलेक्ट गर्ने पोलीसी नम्बर र डीओबी भर्ने अनि अब सम्पूर्ण विवरण दाखिला गरी प्रोसिड टु पेमा क्लिक गर्नुपर्नेछ ।
यसबाहेक पनि मेट लाइफ इन्स्योरेन्स बीमा गरेको ग्राहकले मेट लाइफ इन्स्योरेन्स साइटमा गएर सम्पूर्ण विवरण दाखिला गरेपछि पेमेन्ट अप्सनको रूपमा खल्ती छनोट गरी भुक्तानी गर्नसक्ने कम्पनीले जानकारी दिएको छ ।
क्याटेगोरी : वित्त पूँजी बजार
ताजा अपडेट
- अन्ततः २१ सय ९४ बिन्दुमा खुम्चियो सेयर बजार
- नबिल बैंकका ग्राहकलाई शाओमी ब्रान्डका सामानको ईएमआई सुविधा
- रिलायन्स लाइफ इन्स्योरेन्स र सन्चो हस्पिटलबीच सम्झौता
- स्टान्डर्ड चार्टर्ड बैंकले दुई अर्ब ४० करोड रुपैयाँबराबरको ऋणपत्र जारी गर्ने
- विकासको नयाँ ढाँचा स्थापनामा चिनियाँ राष्ट्रपतिको जोड
- नेत्रज्योति संघलाई जापानले स्वास्थ्य उपकरण दियो
- म्याद सकियो, सकिएन कालोपत्र
- दोलखाको नाम्दुमा नामखालिङ् गुम्बा निर्माण
धेरैले पढेको
- घरजग्गामा गरेको लगानी फिर्ता नहुँदा सहकारी समस्यामा
- जनता कति टुलुटुलु हेरेर बस्ने ?
- बहसमा कर्मचारी अवकाश उमेरहद
- अर्थमन्त्री पौडेलले कसरी बढाउलान् आम्दानी र पुँजीगत खर्च ?
- जाडोभर बिजुली आपूर्तिमा समस्या
- लुम्बिनी जनरल इन्स्योरेन्सले सात प्रतिशत लाभांश दिने
- बैंकहरूको लागि होम लोन नै सुरक्षित
- बढ्दो वित्तीय लगानी र घट्दो अर्थतन्त्र
तपाईको प्रतिक्रिया