Techie IT
×
गृहपृष्ठवित्त पूँजी बजारगुराँस लाइफद्वारा मृत्युदाबीबापतको रकम भुक्तानी

गुराँस लाइफद्वारा मृत्युदाबीबापतको रकम भुक्तानी


काठमाडौं । गुराँस लाइफ इन्स्योरेन्स कम्पनीले मृत्युदाबीबापतको रकम भुक्तानी दिएको छ । कम्पनीको लालबन्दी शाखा कार्यलयका शाखा प्रमुख लोक कुमारी काफ्लेद्वारा मृत्यु दाबीबापतको रकम छ लाख ८९ हजार आठ सय ३१ रुपैयाँको चेक पीडित परिवार फूलमाया घलान (बर्दिबास १० महोत्तरी) एवं धनमाया थापा मगर, (सर्लाही) घरमै गएर पीडित परिवारप्रति समावेदना प्रकट गर्दै सो चेक हस्तान्तरण गरिएको हो ।

सो अवसरमा शाखा प्रमुुख काफ्लेले बीमा र बीमा गर्दा हुने फाइदाको बारेमा जानकारी दिँदै समयमा बीमा गर्न सकिएको खण्डमा आम नागरिकलाई राम्रो हुने बताइन् ।


क्याटेगोरी : वित्त पूँजी बजार

तपाईको प्रतिक्रिया