Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारपीसीएफएसँग सानिमा बैंकको साझेदारी

पीसीएफएसँग सानिमा बैंकको साझेदारी


काठमाडौं । सानिमा बैंकले पार्टनरसिप फर कार्बन अकाउन्ट्रि (पीसीएफए)सँग साझेदारी गरेको छ, जसअनुसार बैंकले आफ्नो वित्तीय गतिविधिबाट भएको हरितगृह ग्यास उत्सर्जनको गणना, समीक्षा र लेखांकन गर्नेछ ।

पीसीएफएले विश्वभर रहेका विभिन्न वित्तीय संस्थाहरूले आफूले प्रवाह गर्ने ऋण र लगानीद्वारा उत्सर्जन हुने हरितगृह ग्यासको हार्मनाइज रूपमा लेखांकन, मूल्यांकन तथा डिस्क्लोजर गरी प्रकाशन गर्ने वित्तीय संस्थाहरूको सहकार्य हो । पीसीएफएमा विश्वभर छवटा महादेशका तीन सयभन्दा बढी वित्तीय संस्थाहरूकोे सहकार्य भइसकेको छ । साथै, उत्तर अमेरिका, ल्याटिन अमेरिका, युरोप, अफ्रिका र एसिया प्रशान्तमा पनि तीव्ररूपमा विस्तार भइरहेको छ ।

सानिमा बैंकका प्रमुख कार्यकारी अधिकृत निश्चलराज पाण्डे यस साझेदारीबाट सानिमा बैंकले प्रदान गरेका कर्जाका क्षेत्रहरूबाट उत्सर्जन हुने हरितगृह ग्यासको वैज्ञानिक तवरले मापन गर्ने हुनाले भविष्यमा दिगो वित्तीय गतिविधि गर्नका लागि टेवा पु¥याउने कुरा बताए । सानिमा बैंकको सातै प्रदेशमा एक सय २९ वटा शाखा कार्यालयहरू र एक सय २२ वटा एटीएमहरू सञ्चालनमा रहेका छन् ।


क्याटेगोरी : बैंक बित्त बजार

तपाईको प्रतिक्रिया