Techie IT
×
गृहपृष्ठवित्त पूँजी बजारसिद्धार्थ बैंकको ‘चार सय रुपैयाँको क्यासब्याक योजना’

सिद्धार्थ बैंकको ‘चार सय रुपैयाँको क्यासब्याक योजना’


काठमाडौं । सिद्धार्थ बैंक लिमिटेडले तिहारको अवसरमा डिजिटल बैंकिङलाई प्रोत्साहन गर्ने उद्देश्यका साथ चार सय रुपैयाँको क्यासब्याक योजना ल्याएको छ ।

यो योजनाअन्तर्गत ग्राहकहरूले बैंकको डेबिट कार्ड प्रयोग गरी पहिलो पटक पाँच सय रुपैयाँ वा सोभन्दा बढि रकमको पीओएस अथवा अनलाइन कारोबार गर्दा चार सय रुपैयाँसम्म क्यासब्याक पाउन सक्नेछन् । यसको विस्तृत जानकारी तथा सर्तहरू बैंकको वेबसाइटबाट प्राप्त गर्न सकिने जानकारी बैंकले दिएको छ ।

यो योजनाले नगद भुक्तानीबाट डिजिटल भुक्तानीतर्फ आकर्षित गर्ने विश्वास बैंकले लिएको छ । आफ्ना ग्राहकहरूको सुविधालाई मध्यनजर गर्दै बैंकले विभिन्न छुट तथा क्यासब्याक योजना दिँदै आएको र आगामी दिनहरूमा पनि यस्ता योजनाहरू निरन्तर लागू गर्दै जाने बैंकको योजना रहेको छ । सबैक्षेत्र र वर्गसम्म बैंकिङ सेवाको पहुँच पु-याउने उद्देश्यले बैंकले हाल देशभर एक सय ९३ वटा शाखा (चारवटा एक्सटेन्सन काउन्टरसहित), एक सय १८ शाखारहित बैंकिङ सेवा, एक हजार सात सयभन्दा बढी पीओएस मेसिन र २० हजारभन्दा बढी क्यूआर मर्चेन्टमार्फत उच्चस्तरीय एवं प्रविधिमैत्री बैंकिङ सेवा प्रदान गर्दै आएको छ । साथै, बैंकले आफ्नो सेवा सञ्चालनमा डिजिटल माध्यमलाई अधिकतम महत्व दिँदै सुरक्षित तरिकाले अनलाइनबाटै बचत, मुद्दती र डिम्याट खाता खोल्न सकिने, डेबिट र क्रेडिट कार्डका लागि आवेदन दिन सकिनेजस्ता विभिन्न डिजिटल बैंकिङ सुविधाहरू आफ्नो वेबसाइटमा रहेको इजी बैंक पोर्टलमार्फत समेत प्रदान गर्दै आएको छ ।


क्याटेगोरी : वित्त पूँजी बजार

तपाईको प्रतिक्रिया