Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारगुडविल फाइनान्सको नाफा तीन करोड ८४ लाख

गुडविल फाइनान्सको नाफा तीन करोड ८४ लाख


काठमाडौं । गुडविल फाइनान्सले चालू आर्थिक वर्षको पहिलो त्रैमासिक अवधिमा तीन करोड ८४ लाख २३ हजार चार सय ७१ रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ । गत आवको सोही अवधिमा फाइनान्सको यस्तो नाफा सात करोड ११ लाख ८८ हजार पाँच सय २५ रुपैयाँ रहेको थियो ।

हाल चुक्ता पुँजी ९४ करोड ६१ लाख १५ हजार दुई सय रुपैयाँ रहेको फाइनान्सले चालू आवको पहिलो त्रैमासमा ११ अर्ब २७ करोड ९८ लाख ६६ हजार दुई सय २२ रुपैयाँ निक्षेप संकलन गरी आठ अर्ब ८० करोड ८० लाख ६८ हजार तीन सय ६५ रुपैयाँ कर्जा प्रवाह गरेको छ । सो अवधिमा १५ करोड दुई लाख ७२ हजार छ सय ६० रुपैयाँ खुद ब्याज आम्दानी गरेको फाइनान्समा दुई दशमलव १५ प्रतिशत कर्जा निष्क्रिय रहेको छ । सो अवधिमा चार दशमलव ७३ प्रतिशत स्प्रेड दर रहेको फाइनान्सको वितरणयोग्य नाफा भने छ करोड ४७ लाख तीन हजार ५० रुपैयाँले ऋणात्मक रहेको छ ।

गत आवको सोही अवधिमा भने फाइनान्सले १० अर्ब ९४ करोड ७३ लाख २१ हजार छ सय ३८ रुपैयाँ निक्षेप संकलन गरी आठ अर्ब ६० करोड २९ लाख ९३ हजार पाँच सय २४ रुपैयाँ कर्जा प्रवाह गरेको थियो । उक्त अवधिमा १४ करोड ३० लाख ९३ हजार नौं सय ८४ रुपैयाँ खुद ब्याज आम्दानी गरेको फाइनान्समा तीन दशमलव ४० प्रतिशत कर्जा निष्क्रिय रहेको थियो भने चार दशमलव ८४ प्रतिशत स्प्रेड दर रहेको थियो । 


क्याटेगोरी : बैंक बित्त बजार

तपाईको प्रतिक्रिया