Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारआरएसडीसी लघुवित्तको खुद मुनाफा बढ्यो

आरएसडीसी लघुवित्तको खुद मुनाफा बढ्यो


काठमाडौं । आरएसडीसी लघुवित्त वित्तीय संस्थाले चालू आर्थिक वर्षको पहिलो त्रैमासिक अवधिमा तीन करो ८२ लाख ३१ हजार दुई सय ६२ रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ । गत आवको सोही अवधिमा भने संस्थाको यस्तो नाफा एक करोड ८९ लाख २८ हजार तीन सय ७८ रुपैयाँ रहेको थियो ।

हाल चुक्ता पुँजी ८० करोड ५१ लाख ५५ हजार सात सय ४१ रुपैयाँ रहेको संस्थाल चालू आवको पहिलो त्रैमासमा छ अर्ब ३५ करोड ८१ लाख ५६ हजार आठ सय ६४ रुपैयाँ कर्जा प्रवाह गर्दा साता करोड ६५ लाख दुई हजार दुई सय ३६ रूपैयाँ खुद ब्याज आम्दानी गरेको छ । सो अवधिमा शून्य दशमलव ६० प्रतिशत कर्जा निष्क्रिय रहेको संस्थाको वितवरणयोग्य नाफा भने तीन करोड १० लाख ३८ हजार एक सय ११ रुपैयाँ रहेको छ ।

गत आवको सोही अवधिमा भने संस्थाले चार अर्ब ६१ करोड ८८ लाख ३६ हजार चार सय २५ रुपैयाँ कर्जा प्रवाह गर्दा तीन करोड ४८ लाख ८० हजार सात सय ७३ रुपैयाँ खुद ब्याज आम्दानी गरेको थियो । उक्त अवधिमा संस्थामा शून्य दशमलव २८ प्रतिशत कर्जा निष्क्रिय रहेको थियो ।


क्याटेगोरी : बैंक बित्त बजार

तपाईको प्रतिक्रिया