Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारगोर्खाज फाइनान्सले तीन महिनामा कमायो तीन करोड ३३ लाख

गोर्खाज फाइनान्सले तीन महिनामा कमायो तीन करोड ३३ लाख


काठमाडौं । गोर्खाज फाइनान्सले चालू आर्थिक वर्षको पछिल्लो तीन महिनाको अवधिमा तीन करोड ३३ लाख १४ हजार पाँच सय १७ रुपैयाँ खुद मुनाफा कमाएको छ । गत आवको सोही अवधिमा भने फाइनान्सको यस्तो नाफा एक करोड ६५ लाख ७० हजार चार सय ६० रुपैयाँ रहेको थियो ।

हाल चुक्ता पुँजी ८६ करोड ७९ लाख ९३ हजार आठ सय रुपैयाँ रहेको फाइनान्सले चालू आवको पहिलो त्रैमासमा सात अर्ब एक करोड २८ लाख २२ हजार तीन सय ७५ रुपैयाँ निक्षेप संकलन गरी पाँच अर्ब ७५ करोड २२ लाख १० हजार आठ सय ७० रुपैयाँ कर्जा प्रवाह गरेको छ । सो अवधिमा आठ करोड ११ लाख नौ हजार सात सय एक रुपैयाँ खुद ब्याज आम्दानी गरेको फाइनान्समा सात दशमलव ४२ प्रतिशत कर्जा निष्क्रिय रहेको छ । सो अवधिमा चार दशमलव ७९ प्रतिशत स्प्रेड दर रहेको फाइनान्सको वितरणयोग्य नाफा भने २२ लाख ९८ हजार नौ सय ९२ रुपैयाँले ऋणात्मक रहेको छ ।

गत आवको सोही अवधिमा भने फाइनान्सले सात अर्ब ५४ करोड सात लाख ४९ हजार तीन सय १८ रुपैयाँ निक्षेप संकलन गरी पाँच अर्ब ७० करोड ९७ लाख ९६ हजार चार सय ८२ रुपैयाँ कर्जा प्रवाह गरेको थियो । उक्त अवधिमा २४ लाख ७७ हजार एक सय ४९ रुपैयाँ खुद व्याज आम्दानी गरेको फाइनान्समा नौ दशमलव ३७ प्रतिशत कर्जा निष्क्रिय रहेको थियो भने स्प्रेड दर चार दशमलव ६० प्रतिशत रहेको थियो । 


क्याटेगोरी : बैंक बित्त बजार

तपाईको प्रतिक्रिया