Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारसमृद्धि फाइनान्स नेसनल भेट्रान चेस च्याम्पियनसिपको उपाधि बद्रीलाल नेपालीलाई

समृद्धि फाइनान्स नेसनल भेट्रान चेस च्याम्पियनसिपको उपाधि बद्रीलाल नेपालीलाई


काठमाडौं । पूर्वनेसनल च्याम्पियन बद्रीलाल नेपालीले समृद्धि फाइनान्स पाँचौँ नेसनल सिनियर (भेट्रान) चेस च्याम्पियनसिपको उपाधि जितेका छन् । पाँचौँ चरणसम्म एकल अग्रता बनाएका क्यान्डिडेट मास्टर नवीन तण्डुकारलाई छैटौँ चरणमा हराउन सफल भएका बद्रीलालले सातौँ चरणका खेलमा जर्नादन श्रेष्ठसँग बराबरीको नतिजा आत्मसात् गरे । तीन पटकका नेसनल च्याम्पियन रहिसकेका बद्रीलालको ५० वर्षमाथिको उमेरसमूहमा पहिलो उपाधि हो । समग्रमा पाँच दशमलब पाँच अंक जोडेका बद्रीलाल बुकोल्स टाइब्रेकरका आधारमा च्याम्पियन बन्दै ५० हजार नगद समेत प्राप्त गरेका छन् ।

नेपाल बुद्धिचाल संघको आयोजना तथा समृद्धि फाइनान्सको मुख्य प्रायोजनमा सम्पन्न च्याम्पियनसिपमा समान ५ दशमलव ५ अंक बनाएका फिडेमास्टर विलमलाल श्रेष्ठ तथा पुण्यमान कर्माचार्य क्रमशः दोस्रो तथा तेस्रो स्थानमा रहन सफल भए । पूर्वनेसनल च्याम्पियन विलमलालले छैटौँ चरणमा रूपन्देहीका विजय गुरुङ एवं सातौँ चरणमा नवीन तण्डुकारलाई पराजित गर्दै ३० हजार नगद हात पारे । त्यसैगरी अर्का नेसनल च्याम्पियन पुण्यमानले छैटौँ चरणमा मोरङका भरत धिमाल र सातौँ चरणमा काठमाडौंका राजेन्द्रप्रसाद श्रेष्ठलाई हराए । तेस्रो स्थानमा रहेका उनले २० हजार नगद प्राप्त गरे ।

स्पोट्र्स एन्ड इभेन्टस नेपालको व्यवस्थापनमा पुतलीसडकस्थित कान्तिपुर सिटी कलेजमा सम्पन्न च्याम्पियनसिपअन्र्तगत सोमबारका दुवै खेल गुमाएपछि पूर्वनेसनल च्याम्पियन नवीन तण्डुकार चौथो स्थानमा रहँदै १५ हजार नगद पुरस्कार हात पारे । भक्तपुरका बलराम नापित पाँचौँ स्थानमा रहँदै १० हजार नगद पुरस्कार पाउन सफल भए । त्यसैगरी जनार्दन श्रेष्ठ तथा राजेन्द्रप्रसाद श्रेष्ठ क्रमशः छैटौँ तथा सातौँ स्थानमा रहँदै जनही सात हजार नगद प्राप्त गर्न सफल रहे । काठमाडौंका क्यानिडडेटमास्टर भगवती प्रसाद शर्मा, काठमाडौंकै पुराना खेलाडी सिताराम अग्रवाल तथा बाँकेका तिर्थबहादुर विक क्रमशः आठौँ, नवौँ र दशौँ स्थानमा रहँदै जनही पाँच हजार नगद प्राप्त गरे । भक्तपुरका गणेशमान दुवाल ६० वर्षमाथि उमेरसमूहको क्याटागोरी पुरस्कार पाउन सफल भए भने काठमाडौंका ज्ञानेन्द्रप्रसाद श्रेष्ठ तथा सर्लाहीका लवकुमार श्रेष्ठ क्रमशः ६५ र ७० वर्षमाथि उमेरसमूहको पुरस्कारस्वरूप जनही पाँच हजार नगद प्राप्त गर्न सफल भए ।

चार जना पूर्वनेसनल च्याम्पियनसहित देशभरका ३४ जना खेलाडीको सहभागिता रहेको च्याम्पियनसिपका विजेतालाई नेपाल बुद्धिचाल संघका अध्यक्ष विदुरप्रसाद गौतम समृद्धि फाइनान्सका अध्यक्ष ठाकुर प्रसाद भट्टराई, समृद्धि फाइनान्सका सीईओ टिकानिधि लोहनी, कान्तिपुर सिटी कलेजका प्रिन्सिपल राजु कटेललगायतले ट्रफी, मेडल तथा प्रमाणपत्र वितरण गरे । 


क्याटेगोरी : बैंक बित्त बजार

तपाईको प्रतिक्रिया